Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

रिलायन्स लाइफ इन्शुरेन्सकाे बार्षिकाेत्सवमा रक्तदान

spot_img
spot_img

वीरगंज । रिलायन्स लाइफ इन्शुरेन्स क्षेत्रिय कार्यालय वीरगंजकाे आयाेजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज आदर्शनगरस्थित इन्शुरेन्सकाे कार्यालयमा भएकाे कार्यक्रममा ५ महिलासहित ३१ जनाले रक्तदान गरेका छन् ।

इन्शुरेन्सका क्षेत्रिय प्रबन्धक संताेष कुमार तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इन्सुरेन्सका बजार प्रबन्धक प्रभात बहादुर क्षेत्री, नरेश कुमार पटेल, विजय राम, शिखा खड्गी, सुरज कुमार, बिटु तिवारी, उदय कुमार पटेल, अन्जय कुमार पटेल, बिकाश मनान्धर, कृष्णा प्रसाद सहनी, राम प्रकाश सर्राफ, नागेन्द्र प्रसाद दास, रमेश कुमार साह, प्रमाेद साह तेली, सबिता चाैधरी, राजेन्द्र ठाकुर, लालबाबु पंडित, रबि पटेल, राजेश प्रसाद पटेल, बिरेन्द्र पटेल लगायतकाले रक्तदान गरेका छन् ।

इन्सुरेन्सकाे तेस्राे बार्षिकाेत्सवमा अवसरमा भएकाे कार्यक्रमकाे सुभारम्भ क्षेत्रिय प्रबन्धक तिवारीले रक्तदान गरि गरेका थिए । कार्यक्रम रक्त संचार केन्द्रका प्राविधिक जितेन्द्र कुशवाहा नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे । 

यस्तै बार्षिकाेत्सवकाे अवसरमा  इन्सुरेन्सकाे अन्य क्षेत्रिय कार्यालयमा पनि रक्तदान कार्यक्रम भएकाे इनसुरेन्सका बिक्री प्रबन्धक सुर्य प्रकाश गुप्ताले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...