Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

रिलायन्स लाइफ इन्शुरेन्सकाे बार्षिकाेत्सवमा रक्तदान

spot_img
spot_img

वीरगंज । रिलायन्स लाइफ इन्शुरेन्स क्षेत्रिय कार्यालय वीरगंजकाे आयाेजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज आदर्शनगरस्थित इन्शुरेन्सकाे कार्यालयमा भएकाे कार्यक्रममा ५ महिलासहित ३१ जनाले रक्तदान गरेका छन् ।

इन्शुरेन्सका क्षेत्रिय प्रबन्धक संताेष कुमार तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इन्सुरेन्सका बजार प्रबन्धक प्रभात बहादुर क्षेत्री, नरेश कुमार पटेल, विजय राम, शिखा खड्गी, सुरज कुमार, बिटु तिवारी, उदय कुमार पटेल, अन्जय कुमार पटेल, बिकाश मनान्धर, कृष्णा प्रसाद सहनी, राम प्रकाश सर्राफ, नागेन्द्र प्रसाद दास, रमेश कुमार साह, प्रमाेद साह तेली, सबिता चाैधरी, राजेन्द्र ठाकुर, लालबाबु पंडित, रबि पटेल, राजेश प्रसाद पटेल, बिरेन्द्र पटेल लगायतकाले रक्तदान गरेका छन् ।

इन्सुरेन्सकाे तेस्राे बार्षिकाेत्सवमा अवसरमा भएकाे कार्यक्रमकाे सुभारम्भ क्षेत्रिय प्रबन्धक तिवारीले रक्तदान गरि गरेका थिए । कार्यक्रम रक्त संचार केन्द्रका प्राविधिक जितेन्द्र कुशवाहा नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे । 

यस्तै बार्षिकाेत्सवकाे अवसरमा  इन्सुरेन्सकाे अन्य क्षेत्रिय कार्यालयमा पनि रक्तदान कार्यक्रम भएकाे इनसुरेन्सका बिक्री प्रबन्धक सुर्य प्रकाश गुप्ताले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...

पर्सामा एमालेका पूर्व गाविस अध्यक्षसहित सयौँ कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा नेकपा (एमाले) परित्याग गरी पूर्व गाविस अध्यक्ष गौरिशंकर प्रसाद साह कानु र उनका छोरा सन्दीप साह कानुसहित सयौँ अगुवा...