21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

आर्यनको जोडी बन्न सुहानालाई प्रस्ताव

नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका व्यस्त छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’पछि नै चर्चामा रहेकी सुहानाले होम प्रोडक्शन भन्दा बाहिरको चलचित्रमा काम गरेकी छैनन् ।

तर, सुहानालाई चलचित्रको अफर भने आइरहेको छ । शनिबार घोषणा भएको चलचित्र ‘डिसेम्बर फल्स’बाट पनि सुहानालाई अफर गएको वुझिएको छ । नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने चलचित्रका लागि नायिकाको खोजी जारी छ ।

सुहानाका पिता सुनिल कुमार थापाले पनि ‘डिसेम्बर फल्स’बाट अफर आएको कुरा स्विकार गरे । उनले भने–‘सुहानालाई चलचित्रको अफर आएको थियो । उनले स्क्रिप्ट पनि पढिसकेकी छिन् । तर, काम गर्ने वा नगर्ने पक्का भएको छैन ।’

यो चलचित्रले नायक र नायिकाको उमेर अन्तरको कथालाई देखाउनेछ । यसैले पनि आर्यनका लागि सुहानालाई अफर गरिएको वुझिएको छ ।

सुहानाले पनि चलचित्रको कथा मन पराएकाले काम गर्ने विश्वास निर्माणपक्षको छ । चलचित्रको छायांकन माघबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष रहनुको एक कारण सुहानाले काम गर्छिन् भन्ने आशा पनि हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

कालिका टाईम्स

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:2.733 sec. Memory consumption:81.67 mb