27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

रेडक्र्सद्वारा महिलाहरुलाई शारीरिक सरसफाइ सामग्री

वीरगंज ।  नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले महिलाहरुलाई शारीरिक सरसफाइ सामग्री वितरण गरेकाे छ ।

रेडक्रसद्वारा संचालित कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोरोना रोगबाट प्रभावित भएका घरका महिलाहरुलाई शारीरिक सरसफाइ सम्बन्धि सामाग्री हस्तान्तरण गरिएको रेडक्रसका पर्साका राजन श्रीवास्तवले वताए ।

शारीरिक सरसफाइ सामाग्रीमा स्यानेटेरी प्याड, ब्रस, पेस्ट, सेनिटाइजर, डोरि, साबुन, तौलिया, प्यान्टी,पीयूष, साबुनदानी, झाेला लगायतकाे सामग्री वितरण गरिएकाे उनले जानकारी दिए ।

उक्त सामग्री वीरगंज महानगरपालिका वडा नं. ४ मा वडाध्यक्ष जगत साह कानुको रोहबरमा २५ जना महिलाहरुलाई बितरण गरिएको थियोे । साे अवसरमा कार्यमा कार्यक्रम अधिकृत उमेस मिश्र, अजय यादव, लेखा अधिकृत बिरशमसेर प्रसाद कुर्मि, सामाजिक परिचालक अजय चौरासीयाको सहभागीता रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.534 sec. Memory consumption:81.45 mb