24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

प्रचण्ड नआउने भएपछि बिन्दावासिनीमा हुने श्रद्धाञ्जली सभा स्थगित

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा भाठामा बुधबार हुने स्व. मुकेश चाैरसियाकाे श्रद्धाञ्जली सभा स्थगित भएकाे छ ।

श्रद्धाञ्जली सभाका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” नआउने भएपछि कार्यक्रम स्थगित भएकाे हाे । सभा आयाेजक नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कार्यक्रम स्थगित भएकाे जनाएकाे छ ।

गाउँपालिका किमिटीका अध्यक्ष बिक्रम प्रसाद चाैरसियाले प्रेस विज्ञप्ती जारी गर्दै कार्तिक २६ गते हुने स्व. चाैरसियाकाे श्रद्धाञ्जली सभा स्थगित गरिएकाे जनाएका हुन । विज्ञप्ती मार्फत तेह्राैं दिनकाे पुण्य तिथीमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड लगायत विशिष्ट नेताहरुकाे उपस्थितीमा हुने श्रद्धाञ्जली सभा देशकाे राष्ट्रिय राजनिति अत्यन्त गम्भिर अवस्थामा रहेकाे र विश्व महामारीकाे कहरकाे बर्तमान अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएकाे जनाइएकाे छ ।

 १० औं हजारकाे जन सहभागितामा हुने श्रद्धाञ्ज सभा अध्यक्ष प्रचण्डकाे सल्ला अनुसार स्थगित गर्नु परेकाे विज्ञप्तीमा उलेख गरिएकाे छ ।

अध्यक्ष प्रचण्डले पनि बिन्दवासिनी गाउँपालिका कमिटीका अध्यक्षलाई एक पत्र लेख्दै श्रद्धाञ्जली सभामा काेभिड १९ काे महामारी र राष्ट्रिय राजनितिमा उत्पन्न समस्याका कारण प्रमुख अतिथीकाे रुपमा मेराे उपस्थिती हुन नसक्ने जनाएका छन् ।

कार्तिक ६ गते नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रममा दुई पक्ष बिच भएकाे झडपमा परी गम्मिर घाइते भएका नेकपा जिल्ला सदस्य एवं गाउँपालिका किमिटीका सचिव स्व. चाैरसियाकाे कार्तिक ७ गते उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.030 sec. Memory consumption:81.47 mb