2 April 2025
KALIKATIMES.COM

पाेखरिया अस्पतालका मेसु २ महिनादेखी गायब, सेवा प्रवाह लथालिंग

वीरगंज । पाेखरिया जिल्ला अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट (मेसु) डा. अनिल यादव २ महिनादेखी गायब भएका छन् ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ४ पाेखरिया बजारस्थित रहेकाे अस्पतालका मेसु डा. यादव २ महिनादेखी अस्पताल आएका छैनन् । अध्ययन बिदामा रहेका मेसु डा. यादव लामाे समयदेखी सम्पर्क विहिन भएपछि अस्पतालकाे सेवा प्रवाह लथालिंग भएकाे छ ।

अस्पताल पुग्ने ग्रभावती महिला लगायतका बिरामीलाई डाक्टर नभेट्ने, सेवा प्रवाह लथालिंग भएकाे गुनासाे बढेपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेतृत्वकाे एक टाेलीले साेमबार अनुगमन गरेकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी नेतृत्वकाे टाेलीले अस्पतालमा छड्के अनुगम गरेकाे हाे । अनुगमनकाे क्रममा अस्पतालका मेसु डा. यादवसहितका अधिकांश डाक्टरहरु अनुपस्थित रहेकाे, कुन डाक्टरकाे कुन समयमा कुन दिन डियुटी अंकित  सेडुलसमेत नभेटिएकाे, अस्पतालका डाक्टर र कर्मचारीहरु हाजिरीसमेत नगर्ने गरेकाे, अस्पतालकाे सरसफाई अवस्था दैनिय लगायतकाे समस्या देखिएकाे हाे ।

अनुगमनकाे क्रममा अस्पतालका डाक्टर तथा कर्मचारीहरु कहिले काँही आउने, महिना दिनकाे हाजरी एकै दिन गर्ने, अस्पताल पुुग्ने बिरामीहरुलाई डाक्टहरु नभेट्दा पिडित भएकाे पाइएकाे अुनगमन टाेलीमा सहभागि नगरपालिकाका एक कर्मचारीले वताए ।

उनका अनुसार अस्पतालमा अनुपस्थित भेटिएका डाक्टर तथा कर्मचारीसंग प्रमुख प्रशासकिय अधिकृत गिरीले स्पष्टिकरणसमेत साेधेका छन् । स्पष्टीकरणबाट सन्ताेषजनक जबाब नआए कारवाहीसमेत गरिने छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.561 sec. Memory consumption:82.49 mb