27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा १५ महिलासहित १३० जनाद्वारा रक्तदान

वीरगंज । बीरगञ्ज महानगरपालिकाकाे वडा नं १४ मा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना र प्रकाश नगर टोल विकास कोषको सहकार्यमा भएकाे कार्यक्रममा १५ महिलासहित एक सय ३० जनाले रक्तदान गरेका छन ।

आयाेजक सहकारी संस्थाका अध्याक्ष अरुण साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बर्षा थापा मगर, ईलिजा न्यौपाने, रेजिना पुलामी, मेनुका श्रीवास्तव, लक्ष्मी देवी साह, उर्मिला देवी, अर्चना कुमारी साह, गीता देवी, कल्पना देवी, रूपा तिवारी, सन्तोष पटेल, मन्तोश पटेल, राकेश ठाकुर, अरुण कुमार साह, ललन पटेल लगायतकाले रक्तादन गरेका हुन् ।

रक्तदान कार्यक्रमको उदघाटन नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका सभापति द्विवेदीले रक्तदान जिवनदान भएकाे वताए ।

रक्तदान गर्नेमा मुस्लिम महिलाहरुकाे सहभागिता बढी देखिएकाे थियाे । मुस्लिम महिलाहरुले आफ्नाे संस्कृति बुर्का मै बसी रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह, समाजसेवी शिवशंकर पटेल, ब्लड डोनर्स एसोसिएसनका सहसचिव उमेश गुप्ता, नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेल, युवा नेता धर्मेन्द्र पटेल, सुनिल पटेल, नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधीर पटेल, पर्साका उपाधयक्ष विकेश पटेल लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमको सञ्चालन अनिल कुमार साहले गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रकाश नगर टोल विकास कोषका अध्यक्ष सुरेन्द्र पटेल, सचिव श्याम राम, वडा नं ५ का एकाई कमिटीका अध्यक्ष प्रमोद पटेल, युवा नेता हाकिम अंसारी, पार्टिका कार्यकर्ता विकि पटेल, कामेश्वर पटेल हरिओम पटेल, प्रमोद पटेल, रवीन्द्र पटेल लगायतले सहयोग गरेका थिए । 

रक्तदान गर्नेहरुलाई धन्यावाद ज्ञापनसहित प्रशंसा पत्रसमेत वितरण गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.238 sec. Memory consumption:81.47 mb