23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजस्थित गणेश अपार्टमेन्टमा प्रहरीकाे छापा, २२ किलो सुन बरामद

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जस्थित एक घरमा छापामारी गरी ठूलो परिमाणमा अबैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक गंगा पन्तको नेतृत्वमा खटेको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका – ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटमा छापामारी ठूलो मात्रामा अबैध सुन बरामद गरेको हो ।

भारतको पूर्वी चम्पारण हरैया निवासी भारतीय नागरिक अशोक सिन्हाको फ्लेटमा छापामारी प्रहरीले २२ किलो ५७६ ग्राम सुन तथा २ केजी २६२ ग्राम चाँदीको भाँडाकुँडा बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै विशेष सूचनाको आधारमा २ दिनदेखि फ्लेट धनीलाई प्रतिक्षा गरि रहेकोमा घरधनी नआएपछि शनिबार विहान वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको रोहबरमा ताल्चा तोडी घरमा खोजतलास गर्दा महिलाले बोक्ने व्यागमा उक्त परिणाममा सुन तथा चाँदी बरामद भएको जानकारी  दिएकाे हाे ।

पत्रकार सम्मेलनमा बरामद गरिएको सुनमध्ये १ केजीको विस्कुट १३ वटा (१३ केजी), मझौला विस्कुट ४६ पिस (८ केजी ५ सय ७६ ग्राम) तथा सानो १ सय ग्रामको १० पिस सुनको विस्कुट १० पिस १ केजी तथा सुनका गरगहनाहरु ६८१ ग्राम गरि २२ केजी ५ सय ७६ ग्राम सुन बरामद भएको छ भने चाँदीको गरगहना एवं भाँडाकुँडा २ केजी २६२ ग्राम बरामद भएको प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन् ।

उनले बरामद गरिएको सुन तथा चाँदी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने उक्त घरबाट केही कागजातहरु पनि फेला परेको हुनाले अनुसन्धान कार्य भइरहेको बताइन् ।

बरामद भएको उक्त अपार्टमेन्ट कसको नाममा हो, कहाँ कहाँका नागरिकहरु बसी रहेका छन् के कसले कुन काम गर्दै आइरहेको छ त्यो अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पन्तको भनाई छ ।

अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक अशोक सिन्हाको फ्ल्याटमा सो सुन फेला परेपनि सिन्हा भने फेला पर्न नसकेको बताइएको छ । सिन्हा भन्सार क्लियरिङ एजेन्टको नाममा सुन तस्करीमा संलग्न रहदै आएको प्रहरीको आशंका छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:5.295 sec. Memory consumption:81.47 mb