Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीकाे चाैथाे नगर सभा सम्पन्न, चालु आ.व. काे बजेट रु ६९ कराेड

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाकाे चाैथाे नगर सभा सम्पन्न भएकाे छ । नगर सभाद्वारा आ.व. २०७७/०७८ काे स्विकृत बजेट शनिबार एक कार्यक्रमका बिच सार्वजनिकसमेत गरिएकाे छ ।

नगरपालिकाकाे वडा नं. ८ काे वडा कार्यालयमा भएकाे नगर सभा तथा बजेट सार्बजनिकरण कार्यक्रमकाे उद्घाटन पानसमा दिप प्रज्वलित गरी नगर प्रमुख लाेकनारायण यादवले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख यादवले नगरपालिकाकाे निति तथा कार्यक्रम असार १० गते नै प्रस्तुत गरिए पनि आफुसहित केही जनप्रतिनिधि र कर्मचारीसमेत काेराेना संक्रमित भएका कारण बजेट ल्याउनमा ढिलाई भएकाे वताए । 

उनलेे यस बर्षकाे बजेट तथा कार्यक्रममा जन चाहना र अवश्यकतालाई मध्यनजर गरी वडा तथा नगस्तरिय याेजनाहरु तय गरिएकाे वताए । यसका साथै बजेटमा शिक्षा र नगरपालिकाकाे प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिइएकाे वताए ।

नगर सभाद्वारास्विकृत चालु आर्थिक बर्षकाे बजेटमा नगर सभाले नगर कार्यपालिका कार्यालयकाे प्रशासनिक भवन निर्माणकाे लागि रु  ६ कराेड छुट्याएकाे नगर प्रमुख यादवले वताए । नगरपालिकाकाे वडा नं. ८ हरपुरस्थित सार्वजनिक जग्गामा निर्माण हुने कार्यालय भवनकाे टेन्डर पक्रियासमेत अगाडी बढीसकेकाे उनले जानकारी गराए । 

नगर प्रमुख यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उप प्रमुख अर्चना चाैधरीले रु ६९ कराेड २१ लाख १७ हजार एक सय ४५ बराबरकाे बजेट प्रस्तुत गरिन ।

उनले आय तर्फ संघकाे वित्तिय समानिकरण अनुदान रु १२ कराेड ४४ लाख, राजस्व बाडँफाड रु ८ कराेड ८ लाख १४ हजार, शर्सत अनुदान १६ कराेड ३२ लाख, प्रदेशकाे बित्तिय समानिकरण अनुदान रु ७३ लाख ७० हजार, राजश्व बाडँफाड रु ६२ लाख ९५ हजार, शर्सत अनुदान रु ८ लाख, बिशेष अनुदान रु ३० लाख, सम्पुरक अनुदान रु २ लाख रहेकाे वताइन ।

यस्तै, आन्तरिक आय रु ३ कराेड ५० लाख, गत आ.व. काे माैज्दात रु १७ कराेड ९० लाख ६८ हजार एक सय ४५, सामाजिक सुरक्षा कार्यक्रम रु ७ कराेड ८१ लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम रु १५ लाख ७० हजार, युनिसेफ रु ४५ लाख, सडक बाेर्ड रु ६० लाख रहेकाे उप प्रमुख चाैधरीले जानकारी गराइन ।

व्यय तर्फ प्रशाससनिक खर्च रु ९ कराेड २८ लाख, वडागत याेजनाहरु रु ९ कराेड ९ लाख ७७ हजार एक सय ४५, गत आ.व. काे याेजनाहरु ६ कराेड २ लाख, नगर स्तरिय याेजनाहरु रु १९ कराेड ४९ लाख ७० हजार, संघ सरकारकाे शर्सत अनुदान रु १६ कराेड ३२ लाख, प्रदेश सरकारकाे सर्शत अनुदान रु ८ लाख, बिशेष अनुदान रु ३० लाख, सम्पुरक अनुदान रु २० लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम रु १५ लाख ७० हजार र युनिसेफकाे रु ४५ लाख नगर सभाद्वारा स्विकृत बजेट प्रस्तुत गरेकाे थिइन ।

कार्यक्रम मै आर्थिक बर्ष २०७६/०७६ मा नगरपालिकाकाे वडाहरु मध्ये वडा नं. २ सबै भन्दा बढी बजेट खर्च गर्ने र वडा नं. ९ सब भन्दा कम बजे खर्च गर्ने वडाकाे रुपमा रहेकाे नगर उप प्रमुखद्वा प्रस्तुत बक्तव्यमा जनाइएकाे थियाे । 

वडा नं. १ का वडाध्यक्ष तुलाराम महताेले स्वागत र नगरपालिकाकाे समाजिक विकास शाखा प्रमुख प्रदिप चाैरसियाले संचालन गरेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकाल, लेखा अधिकृत राम कुमार कुशवाहा, इन्जिनिर जंग विजय साह, प्रधानमन्त्री राेजगार कार्यक्रम संयाेजक चन्द्रकिशाेर राय, सुचना प्रविधि अधिकृत रिसी दास, लेखापाल सन्ताेष कुशवाहा, अरविन्द सिंह, गिरि राज कडेल, मनाेज चाैधरी, अशाेक चाैधरी लगायत नगर सभा सदस्य एवम् कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...