Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठाेरीमा गाेली फायर गर्ने समुह प्रहरीद्वारा सार्वजनिक

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरीमा गाेली फायर गर्ने समुहलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।

तस्करहरुले विभिन्न अवैध मालवस्तुहरु गैर कानूनी तवरले ओसारपसार गर्दैछन् भन्ने विशेष सुचनाको आधारमा ठोरी गाउँपालिकाकाे वडा नं. ४ ओरिया खोलाको छेउमा बुधबार राती पुगेकाे प्रहरी टाेलीलाई देख्ने वितित्कै एक समुहले गाेली फायर गरेकाे थियाे । 

त्यसपछि प्रहरीले पनि हवाई फायर गर्दै गाेली फायर गर्ने ४ जनालाई प्रकाउ गरेकाे थियाे ।

प्रहरीले जनाए अनुसार पक्राउ पर्नेमा पर्साकाे ठोरी गाउँपालिका वडा नं.४ बस्ने बर्ष ३५ को कुमार लामा, बर्ष ३८ को सुन बहादुर लामा, बर्ष ३६ को बावुराम लामा र बर्ष २७ को अमन लामा रहेका छन् ।

प्रहरीले उनीहरुकाे साथबाट भरुवा बन्दुक नाल १, बन्दुकमा प्रयोग हुने छर्रा ४ राउण्ड, वारुद १०० ग्राम, खुकुरी १ थान बरामद समेत गरेकाे जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटि गएको प्रहरी टोली उक्त स्थानमा पुग्दा हतियारसहित लुकिछिपी बसिरहेको समुहले प्रहरी माथि एक्कासी गोली फायर गरेको र सोको प्रतिउत्तरमा प्रहरीबाट २ राउण्ड गोली हवाई फायर गरीएकाे प्रहरीकाे भनाई छ ।

पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतबाट बुधबारदेखि नै लागु हुने गरि ज्यान मार्ने उद्योग र हात हतियार खरखजाना मुद्धा शिर्षकमा म्याद थप भई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी...