Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

ठाेरीमा गाेली फायर गर्ने समुह प्रहरीद्वारा सार्वजनिक

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरीमा गाेली फायर गर्ने समुहलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।

तस्करहरुले विभिन्न अवैध मालवस्तुहरु गैर कानूनी तवरले ओसारपसार गर्दैछन् भन्ने विशेष सुचनाको आधारमा ठोरी गाउँपालिकाकाे वडा नं. ४ ओरिया खोलाको छेउमा बुधबार राती पुगेकाे प्रहरी टाेलीलाई देख्ने वितित्कै एक समुहले गाेली फायर गरेकाे थियाे । 

त्यसपछि प्रहरीले पनि हवाई फायर गर्दै गाेली फायर गर्ने ४ जनालाई प्रकाउ गरेकाे थियाे ।

प्रहरीले जनाए अनुसार पक्राउ पर्नेमा पर्साकाे ठोरी गाउँपालिका वडा नं.४ बस्ने बर्ष ३५ को कुमार लामा, बर्ष ३८ को सुन बहादुर लामा, बर्ष ३६ को बावुराम लामा र बर्ष २७ को अमन लामा रहेका छन् ।

प्रहरीले उनीहरुकाे साथबाट भरुवा बन्दुक नाल १, बन्दुकमा प्रयोग हुने छर्रा ४ राउण्ड, वारुद १०० ग्राम, खुकुरी १ थान बरामद समेत गरेकाे जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटि गएको प्रहरी टोली उक्त स्थानमा पुग्दा हतियारसहित लुकिछिपी बसिरहेको समुहले प्रहरी माथि एक्कासी गोली फायर गरेको र सोको प्रतिउत्तरमा प्रहरीबाट २ राउण्ड गोली हवाई फायर गरीएकाे प्रहरीकाे भनाई छ ।

पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतबाट बुधबारदेखि नै लागु हुने गरि ज्यान मार्ने उद्योग र हात हतियार खरखजाना मुद्धा शिर्षकमा म्याद थप भई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...