Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भिस्वा नाका भएर सशस्त्र प्रहरी कै मिलाेमताेमा तस्करी

spot_img
spot_img

वीरगंज । सिमा बन्द भएपनि पर्साकाे ग्रामिण भेगकाे भिस्वा नाका भएर तस्करी रुकन सकेकाे छैन ।

सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट बन्जारी, भिस्वाकाे मिलाेेमताेमा सिमा बन्द भएपनि तस्करी चालु रहेकाे स्थानिय प्रत्यक्षदर्शीहरुले वताएका छन् । तस्करहरुले तस्करी गरे वापत बाेर्ड आउट पाेष्ट बन्जारीका प्रहरी निरिक्षक संजिव वानियाँलाई मासिक रुपमा माेटाे रकमसमेत बुझाउने गरेका छन् ।

स्थानियहरुका अनुसार बिओपी बन्जारी अन्तर्गत रहेका भिस्वा, चेरगांहा, बुडगाई, मिर्जापुर, जयम‌ंगलापुर, भेडिहर्वा लगायतकाे नाका भएर रातिकाे समयमा तस्करी भइरहेकाे छ । साे नाका भएर मटर, मरिच, तेल, कपडा, स्पेयर पार्टस, मदिरा, प्रतिबन्धित औषधी लागयतकाे सामग्री तस्करी हुने गरेकाे छ ।

नेपालबाट भारततर्फत मटर, मरिच, मदिरा, डिजल, पेट्राैलकाे तस्करी भइरहेकाे छ भने भारतबाट नेपालतर्फ कपडा, स्पेयर पार्टस, किराना सामग्री, प्रतिवन्धित औषधी, भैंसी लगायतकाे तस्करी भइरहेकाे छ । रातिकाे समयमा हुने गरेकाे तस्करी सशस्त्र प्रहरीकाे सेटिङ मै हुने गरेकाे स्थानियकाे दाबी रहेकाे छ । 

रातीकाे समय ठुलाे परिमाणमा र दिनकाे समयमा सानाे परिणाममा तस्करी हुने गरेकाे छ । सिमा सुरक्षाकाे लागि खटिने सशस्त्र प्रहरीले नाम मात्रकाे सिमा सुरक्षा र कामकाे तस्करी गराउने गरेकाे स्थानियहरुकाे भनाई रहेकाे छ । डिउटीमा खटेका सशस्त्र प्रहरीहरुले तस्करलाई छुट र सर्वसाधारणलाई दु:खसमेत दिने गरेकाे स्थानियहरु वताउँछन् ।

सर्वसाधारण जनता लुकीछिपी सिमा पारीकाे बजार गए डिउटीमा खटिने सशस्त्र प्रहरीले गाली गलाैज गर्ने र कहिले काँही कुटपिटसमेत गर्ने गरेका छन् । कुटपिट गरेपछि कहिले काँही सशस्त्र प्रहरी र स्थानियहरु बिच विवादसमेत हुने गरेकाे छ ।

भिस्वाकाे मुख्य नाकामा नाम मात्रकाे सिमा बन्द छ लेखेकाे बाेर्ड लगाइए पनि सहायक नाका भएर खल्लेयाम तस्करी हुने गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...