Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

शिक्षकहरुकाे लागि ३ दिने प्रशंसनीय खोज तालिम सुरु

spot_img
spot_img

वीरगंज । शिक्षकहरुको लागि ३ दिने प्रशंसनीय खोज तालिम आजदेखी वीरगंजमा सुरु भएकाे छ । भिएसओ नेपालको सहयोग र आसमान नेपाल पर्साको आयोजनामा सुरक्षित सिकाइ परियोजना अन्तर्गत तालिम सुरु भएकाे हाे ।

वीरगंजस्थित ओम रेसिडेन्सी हाेटलमा सुरु भएकाे तालिमकाे शुभारम्भ आसमान नेपाल पर्साका संयाेजक मुनिलाल बैठाले गरेका थिए । साे तालिममा पर्साका १२ वटा विधालयका २४ जना शिक्षकहरु सहभागिता रहेकाे छ ।

तालिमकाे सुभारम्भ गर्दै संयाेजक बैठाले वहिनीको लागि दिदि कार्यक्रम संचालन भइरहेको पर्साका ७ पालिकाका १२ वटा विधालयका शिक्षाकहरुकाे लागि तालम संचालन गरिएकाे वताए ।

उनले शिक्षाबाट बंचित गरीब बालबालिकाहरुलाई विद्यालयमा नामांकन गराउन तथा विधालयमा उनिहरुको पहुंच र विद्यालय भित्र शिक्षा आर्जनका लागि सुरक्षित एवम् सकारात्मक वातावरण सृजना गर्न तालिम संचालन गरिएकाे वताए ।

संयाेजक बैठाले संस्थाले भिएसओ नेपालको सहयोगमा सुरक्षित सिकाइ भन्ने नयाँ कार्यक्रम अन्तर्गत आयाेना गरिएकाे प्रशंसनीय खोज तालिमले विधालय भित्र दलित तथा गरीब विधार्थीको लागि सकारात्मक वातावरण निर्माण हुने अपेक्षा गरिएको वताए ।

तालिममा सृ्रक्षित कार्यक्रमका संयोजक विरेन्द्र कृ्मार सिंह र प्रशिक्षक नारायण खपांगीले प्रशिक्षण दिइरहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...