Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

अवैध लताकपडा र अलैचीसहित २ वटा पिकअप पक्राउ

spot_img
spot_img

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित पथलैया वीरगंज सडक खण्डबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको कपडा बारा प्रहरीले बरामद गरेकाे छ । 

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले वीरगंजबाट जितपुरतर्फ गइरहेकाे ना २ च ६६७९ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त पिकपमा भारतबाट भन्सार छली ल्याएकाे मुल्य रू.११ लाख ५५ हजार ६ सय ८७ बराबरको कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

बरामद कपडा र अं. रू.२० लाख पर्ने उक्त पिकप र पिकअपका चालक वीरगंज महानगरपालिकाकाे वडा नं.२१ बस्ने वर्ष २२ को छोटेलाल पटेललाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी कार्यालयले बाराले जनाएकाे छ ।

यस्तै,  इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नं.९ स्थित पूर्व पश्चिम राजमार्गबाट कर छलीकाे अलैची बरामद गरेकाे छ ।

सवारी चकजाँचको क्रममा सर्लाहीबाट वीरगंजतर्फ लादै गरेको प्रदेश नं.२-०३-००१ च ०४९७ नम्बरको पिकअपमा कर छली गरी लग्दै गरेको रू.एक लाख २८ हजार बराबरको ३ सय २० के.जि. अलैची फेला पारी बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

बरामद अलैचरी र अं.मु. रू.६ लाख पर्ने उक्त पिकपसमेत आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी कार्यालय बारा प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...