Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

अवैध लताकपडा र अलैचीसहित २ वटा पिकअप पक्राउ

spot_img
spot_img

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित पथलैया वीरगंज सडक खण्डबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको कपडा बारा प्रहरीले बरामद गरेकाे छ । 

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले वीरगंजबाट जितपुरतर्फ गइरहेकाे ना २ च ६६७९ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त पिकपमा भारतबाट भन्सार छली ल्याएकाे मुल्य रू.११ लाख ५५ हजार ६ सय ८७ बराबरको कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

बरामद कपडा र अं. रू.२० लाख पर्ने उक्त पिकप र पिकअपका चालक वीरगंज महानगरपालिकाकाे वडा नं.२१ बस्ने वर्ष २२ को छोटेलाल पटेललाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी कार्यालयले बाराले जनाएकाे छ ।

यस्तै,  इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नं.९ स्थित पूर्व पश्चिम राजमार्गबाट कर छलीकाे अलैची बरामद गरेकाे छ ।

सवारी चकजाँचको क्रममा सर्लाहीबाट वीरगंजतर्फ लादै गरेको प्रदेश नं.२-०३-००१ च ०४९७ नम्बरको पिकअपमा कर छली गरी लग्दै गरेको रू.एक लाख २८ हजार बराबरको ३ सय २० के.जि. अलैची फेला पारी बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

बरामद अलैचरी र अं.मु. रू.६ लाख पर्ने उक्त पिकपसमेत आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी कार्यालय बारा प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय...