Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

भिस्वाका सई प्रेम खत्रीकाे विदाई

भिस्वा । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ मा रहेकाे प्रहरी चाैकी भिस्वाका प्रहरी नायब निरिक्षक (सई) प्रेम खत्रीकाे बिदाई गरिएकाे छ ।

- Advertisement -

जिल्ला भित्र नै वडा प्रहरी कार्यालय श्रीपुरमा सरुवा भएका सई खत्रीकाे स्थानियहरुले बिदाई गरेका हुन् । प्रहरी चाैकी भिस्वामा मै पुगेर स्थानिय युवाहरुकाे एक समुहले सई खत्रीलाई फुलकाे माला र खादा ओढाएर बिदाई गरेका थिए ।

साे अवसरमा वाेल्दै सई खत्रीले सके जति आफुले यस क्षेत्रकाे शान्ति सुरक्षाकाे साथै तस्करी नियन्त्रणमा काम गरेकाे वताए । उनले जाने बेलामा पनि सम्मानकाे बिदाई गरिदिनेहरुलाई धन्यावाद दिदै खत्रीले जहां गएपनि आफुले राष्ट्रकाे सेव भएर काम गर्ने वताए ।

स्थानिय युवा सुगरीम ठाकुर, ताराचंद पंडित, राजा पटेल, हफिज हवारी, आलोक कुशवाहा लगायतकाले सई खत्रीकाे बिदाई गरेका हुन् ।

भिस्वा प्रहरी चाैकीकाे प्रमुखमा वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत सई प्रेम मिश्रा गएका छन् ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ओली र लेखकको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, साेमबार सुनुवाइ

काठमाडौँ । केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गैरकानुनी रूपमा...

पीडित हरिकलाका अभिभावकलाई ५० हजार सहयोग

वीरगंज । श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काटिएको घटनाकी पीडित हरिकला देवी सहनीका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको छ। पर्साको पर्सागढी नगरपालिका–३, विरुवा टोल निवासी...

श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमान पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमानलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ चैत १ गते...