Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

डा. केसीकाे जिवन रक्षाकाे लागि चिकित्सकहरुद्वारा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज । प्राध्यापक डा. गाेबिन्द केसीकाे जायज माँग पुरा गरी जिवन रक्षा गर्नकाे लागि शुक्रबार सांझ वीरगंजमा दिप प्रज्वलन गरिएकाे छ ।

नेपाल चिकित्सक संघ नारायणी शाखा, वीरगंजकाे आयाेजनामा चिकित्सकहरुले डा. गाेबिन्द केसीकाे जायज माँग पुरा गर, डा. गाेबिन्द केसीकाे जिवन रक्षा गराैं लेखिएकाे ब्यानरसहित दिप प्रज्वलन गरेका हुन् ।

डा. केसीकाे जिवन रक्षाकाे साथै काेराेना संक्रमणबाट निधन भएका कर्णालीका चिकित्सक डा. हरि सापकाेटाकाे आत्माकाे शान्तिकाे कामना गर्दै दिप प्रज्वन गरिएकाे चिकित्स संघ नारायणीका सचिव डा. उद्य नारायण सिंहले वताए । उनले डा. केसीकाे जायज मांग पुरा गरी जिवन रक्षा गर्न मागसमेत गरे ।

चिकित्सक संघकाे भवन अगाडी भएकाे दिप प्रज्वलन कार्यक्रममा चिकित्सक संघ नारायणीका कोषाध्यक्ष डा. शास्वत प्रसाद, डा. निरज सिंह, डा. फहाद आलम, डा. दिपक चौरसिया, श्याम निधि, अमित बर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...