Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

जगतपुरमा रक्तदान कार्यक्रम सम्पन्न, सहभागि भए मुख्यमन्त्री

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाकाे वडा नं. ८ जगतपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बिश्व अहिंसा दिवसकाे अवसरमा भएकाे कार्यक्रममा ३ महिलासहित ३८ जनाले रक्तदान गरेका छन् ।

स्थानिय गैरसरकारी संस्था श्री टैरी माई युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रममा पाेखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरि, स्थानिय युवा देबेन्द्र साह कानु, दामाेदर मिश्रा, भिम साह गाेढ, नरेश सहनी लगायतकाले रक्तदान गरेका स्थानिय कृष्ण साहले वताए । 

वडाध्यक्ष किशाेरी साहकाे अध्यक्षता र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का निलम्वित सांसद हरिनारायण राैनियार, पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, उप मेयर सलमा खातुन, नेपाली कांग्रेसका नेता रामेश्वर राैनियार, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, बिरेन्द्र यादव, सलाउदीन अहमद, क्लबका अध्यक्ष अभिषेक सर्राफ लगायतकाले मन्तव्य राखेका थिए ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...