Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

जगतपुरमा रक्तदान कार्यक्रम सम्पन्न, सहभागि भए मुख्यमन्त्री

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाकाे वडा नं. ८ जगतपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बिश्व अहिंसा दिवसकाे अवसरमा भएकाे कार्यक्रममा ३ महिलासहित ३८ जनाले रक्तदान गरेका छन् ।

स्थानिय गैरसरकारी संस्था श्री टैरी माई युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रममा पाेखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरि, स्थानिय युवा देबेन्द्र साह कानु, दामाेदर मिश्रा, भिम साह गाेढ, नरेश सहनी लगायतकाले रक्तदान गरेका स्थानिय कृष्ण साहले वताए । 

वडाध्यक्ष किशाेरी साहकाे अध्यक्षता र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का निलम्वित सांसद हरिनारायण राैनियार, पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, उप मेयर सलमा खातुन, नेपाली कांग्रेसका नेता रामेश्वर राैनियार, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, बिरेन्द्र यादव, सलाउदीन अहमद, क्लबका अध्यक्ष अभिषेक सर्राफ लगायतकाले मन्तव्य राखेका थिए ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...