Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ काे अक्राे समिति पनि घाेषणा

spot_img
spot_img

वीरगंज । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नं. २ काे अक्राे समिति पनि घाेषणा भएकाे छ । रामजी साहकाे अध्यक्षतामा ११ सदस्यिय प्रदेश समिति घाेषणा गरिएकाे हाे । 

जुन समितिकाे उपाध्यक्षमा संताेश साह, बिशेश्वर साह, सचिवमा भिम बहादुर बि.क., सह सचिवमा राकेश सर्राफ, काेषाध्यक्षमा देव कृष्ण साह, सह काेषाध्यक्षमा विश्वनाथ साह, सदस्यहरुमा प्रकाश बि.क., ध्रुव बिश्वकर्मा, राजकुमार साह र पुजा देवी साह रहेका छन् ।

धनुषाकाे राेयल सम्राट हाेटलमा भएकाे अधिवेशनले साहकाे अध्यक्षतामा प्रदेश समिति सर्वसहत चयन गरेकाे पत्रकार सम्मेलनका आयाेजना गरि जानकारी गाइएकाे छ । वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा आयाेजना गरिएकाे पत्रकार सम्मेलन मै समितिका पदाधिकारीहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएकाे थियाे ।

भरत अग्रवालकाे अध्यक्षतामा कार्यक्रममा समितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत मन्सरुल हक सिद्धिकीले सपथसमेत खुवाएका थिए ।

साह पक्षमा सुनचांदी व्यवसायी महासंघका केन्द्रिय सदस्य शम्भु प्रसाद साह, रामबिलाश साह, राैतहटका जिल्ला अध्यक्ष प्रकाश महतराज, सर्लाहीका जिल्ला अध्यक्ष विशेश्वर साह, सिराहाका जिल्ला अध्यक्ष विकासा सारद्धा, लालबन्दीका नगर अध्यक्ष रामशिष साह, धनुषाका जिल्ला उपाध्यक्ष राज कुमार साह, सप्तरीका जिल्ला उपाध्यक्ष नारायण रन्जन, महाेतरीकाे जिल्ला उपाध्यक्ष जितेन्द्र सिलवाल, बाराका जिल्ला उपाध्यक्ष रमेश सुनार, पर्साका निर्वतमान उपाध्यक्ष भुलन प्रसाद साेनार लगायतकाे रहेकाे समर्थन रहेकाे जनाइएकाे छ ।

साह समुहले आफ्नाे पक्षमा पूर्ण बहुमत रहेकाे दाबी गरेकाे छ । महासंघकाे निर्वाचनकाे लागि प्रदेश अन्तर्गतका ८ जिल्ला ७० जना मतदाता रहेका छन् । जस मध्ये आफ्नाे पक्षमा ४८ जना मतदाताले हस्ताक्षर गरेकाे साहकाे दाबी छ ।

यस अघि साेमबार पनि एउटा समुहले शिव कुमार सर्राफकाे अध्यक्षतामा १० सदस्यिय प्रदेश समिति निर्वाचित भएकाे जनाएकाे थियाे । सर्राफ समहुले पनि आफ्नाे पक्षमा पूर्ण बहुमत रहेकाे दाबी गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...