Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ काे अक्राे समिति पनि घाेषणा

spot_img
spot_img

वीरगंज । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नं. २ काे अक्राे समिति पनि घाेषणा भएकाे छ । रामजी साहकाे अध्यक्षतामा ११ सदस्यिय प्रदेश समिति घाेषणा गरिएकाे हाे । 

जुन समितिकाे उपाध्यक्षमा संताेश साह, बिशेश्वर साह, सचिवमा भिम बहादुर बि.क., सह सचिवमा राकेश सर्राफ, काेषाध्यक्षमा देव कृष्ण साह, सह काेषाध्यक्षमा विश्वनाथ साह, सदस्यहरुमा प्रकाश बि.क., ध्रुव बिश्वकर्मा, राजकुमार साह र पुजा देवी साह रहेका छन् ।

धनुषाकाे राेयल सम्राट हाेटलमा भएकाे अधिवेशनले साहकाे अध्यक्षतामा प्रदेश समिति सर्वसहत चयन गरेकाे पत्रकार सम्मेलनका आयाेजना गरि जानकारी गाइएकाे छ । वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा आयाेजना गरिएकाे पत्रकार सम्मेलन मै समितिका पदाधिकारीहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएकाे थियाे ।

भरत अग्रवालकाे अध्यक्षतामा कार्यक्रममा समितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत मन्सरुल हक सिद्धिकीले सपथसमेत खुवाएका थिए ।

साह पक्षमा सुनचांदी व्यवसायी महासंघका केन्द्रिय सदस्य शम्भु प्रसाद साह, रामबिलाश साह, राैतहटका जिल्ला अध्यक्ष प्रकाश महतराज, सर्लाहीका जिल्ला अध्यक्ष विशेश्वर साह, सिराहाका जिल्ला अध्यक्ष विकासा सारद्धा, लालबन्दीका नगर अध्यक्ष रामशिष साह, धनुषाका जिल्ला उपाध्यक्ष राज कुमार साह, सप्तरीका जिल्ला उपाध्यक्ष नारायण रन्जन, महाेतरीकाे जिल्ला उपाध्यक्ष जितेन्द्र सिलवाल, बाराका जिल्ला उपाध्यक्ष रमेश सुनार, पर्साका निर्वतमान उपाध्यक्ष भुलन प्रसाद साेनार लगायतकाे रहेकाे समर्थन रहेकाे जनाइएकाे छ ।

साह समुहले आफ्नाे पक्षमा पूर्ण बहुमत रहेकाे दाबी गरेकाे छ । महासंघकाे निर्वाचनकाे लागि प्रदेश अन्तर्गतका ८ जिल्ला ७० जना मतदाता रहेका छन् । जस मध्ये आफ्नाे पक्षमा ४८ जना मतदाताले हस्ताक्षर गरेकाे साहकाे दाबी छ ।

यस अघि साेमबार पनि एउटा समुहले शिव कुमार सर्राफकाे अध्यक्षतामा १० सदस्यिय प्रदेश समिति निर्वाचित भएकाे जनाएकाे थियाे । सर्राफ समहुले पनि आफ्नाे पक्षमा पूर्ण बहुमत रहेकाे दाबी गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...