31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

सजना बनिन् ब्युटिसियन नेपाल–२०२०

वीरगंज । अमाजोन इन्टरटेनमेन्टले सञ्चालन गरेको ‘ब्युटिसियन नेपाल–२०२०’ को उपाधि सजना खतिवडाले जितेकी छिन् । 

सोमबार राजधानीको म्युजिक सिटि स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सजनाले उपाधिसहित विधागत तर्फको मस्ट कन्फिडेन्टको अवार्ड उचाल्दा फस्ट रनरअप निलम तामाङ्ग चयन भईन। विधागततर्फ निलमले मस्ट स्मार्टको उपाधी हात पार्दा सेकेन्ड रनरअपको उपाधि सोफिया थिङ्गले उचालिन। विधागत तर्फ भने सोफियाले बेस्ट पर्सनालिटिको अवार्ड हात पारिन  ।

त्यसैगरी कमल खतिवडाको निर्देशनमा संचालित उक्त कार्यक्रममा ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गर्दै मस्ट पपुलरको उपाधी बिनिता ताजपुरियाले हात पार्न सफल भईन । 

यस्तै दिक्पाल कार्कीले संचालन गरेको उक्त कार्यक्रममा  ‘सवटाइटल अवार्ड’ तर्फ बिनिता ताजपुरिया बेस्ट ट्यालेन्ट, आशा माया तामाङ्ग बेस्ट चार्मिङ, मनिला सुनार बेस्ट कम्प्लेक्सन  अवार्ड, जमुना मगर बेस्ट फोटोजेनीक अवार्ड, जमुना तामाङ्ग बेस्ट क्याटवाक अवार्ड हातपार्न सफल रहे ।

प्रतियोगितात्मक कार्यक्रमले  महिला ब्युटिसियनको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाकी प्रबन्ध निर्देशक हिमानी सुब्बाले बताईन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.846 sec. Memory consumption:82.48 mb