Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

७ महिलासहित ३२ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको स‌ंयुक्त आयोजनामा साेमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्रिमुर्ति हल परिसरमा भएकाे कार्यक्रममा ७ महिलासहित ३२ जनाले रक्तदान गरेका छन् ।
 
सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधानको अध्यक्षतामा भएकाे कार्यक्रममा गिता चौहान, रम्भा देबि, सीता ढुङ्गाना, सबिता कार्की, सर्मिला पौडेल, ईशा निरौला, प्रदीप कुमार निरौला, तुफान अन्सारी, राज कुमार साह, प्रेम बहादुर भन्डारी, अजय कुमार यादव, शिवशंकर साह, बिवेक लामिछाने, नितेश बर्णबाल, श्याम प्रसाद महतो, कृष्ण परियार, राकेश श्रेष्ठ लगायतकाले रक्तदान गरेका हुन् ।
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, नेकपाका नेता सम्भु गुप्ता, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ, वडा न.१३ का वडाध्यक्ष तुफान अन्सारी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल राज पन्डित, ओबिसी पर्साका अध्यक्ष अकलेश साह लगातयकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमको सहजीकरण पत्रकार जगत राईले गरेका थिए ।
 
रक्त संचार केन्द्रका प्राविधिक धिरेन्द्र झा नेतृत्वकाे प्राविधि टाेलीकाे सहयाेगमा कार्यक्रम भएकाे थियाे भने रक्तदान गर्नेहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएकाे थियाे ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...