21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

७ महिलासहित ३२ जनाद्वारा रक्तदान

वीरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको स‌ंयुक्त आयोजनामा साेमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्रिमुर्ति हल परिसरमा भएकाे कार्यक्रममा ७ महिलासहित ३२ जनाले रक्तदान गरेका छन् ।
 
सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधानको अध्यक्षतामा भएकाे कार्यक्रममा गिता चौहान, रम्भा देबि, सीता ढुङ्गाना, सबिता कार्की, सर्मिला पौडेल, ईशा निरौला, प्रदीप कुमार निरौला, तुफान अन्सारी, राज कुमार साह, प्रेम बहादुर भन्डारी, अजय कुमार यादव, शिवशंकर साह, बिवेक लामिछाने, नितेश बर्णबाल, श्याम प्रसाद महतो, कृष्ण परियार, राकेश श्रेष्ठ लगायतकाले रक्तदान गरेका हुन् ।
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, नेकपाका नेता सम्भु गुप्ता, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ, वडा न.१३ का वडाध्यक्ष तुफान अन्सारी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल राज पन्डित, ओबिसी पर्साका अध्यक्ष अकलेश साह लगातयकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमको सहजीकरण पत्रकार जगत राईले गरेका थिए ।
 
रक्त संचार केन्द्रका प्राविधिक धिरेन्द्र झा नेतृत्वकाे प्राविधि टाेलीकाे सहयाेगमा कार्यक्रम भएकाे थियाे भने रक्तदान गर्नेहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:209. Generation time:4.337 sec. Memory consumption:81.19 mb