Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईका २ सहित पर्सामा थप १३ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका थप १३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा शनिबार राति गरिएकाे परिक्षणमा पर्साका १३ सहित १७ जनामा संक्रण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

संक्रमितहरु १९ बर्षदेखी ६५ बर्ष सम्मका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु २० देखी ३४ सम्म रहेकाे छ । संक्रमित हुनेमा पर्साका १३, बारा ३ र राैतहटका एक जना रहेका छन् ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साका कालिकामाई गाउँपालिकाकाे वडा नं. ५, वडा नं. ३, बहुदरमाई नगरपालिकाकाे वडा नं. २, जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २ का एक-एक जना संक्रमण देखिएकाे छ ।

त्यसैगरी, पर्सा कै बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ४ का २ जना, वयाेधा हस्पिटलका एक जना, वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ का ४ जना, वडा नं. १६ र वडा नं. २५ का एक-एक जना संक्रमित भएका छन् ।

त्यसैगरी, बाराकाे कलैया उपमहानगरपालिका वडा नं. २३, प्रसाैनी गाउँपालिका वडा नं. ४ र पथलैयाका एक-एक जनामा काेराेना पाेजिटिभ देखिएकाे डा. चाैरसियाले वताए ।

पर्सा, बारा र राैतहटकाे विभिन्न ठाउँबाट आएकाे १९२ जनाकाे स्वाबकाे नमुना पिसिआर विधिबाट परिक्षण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...