Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

२ महिलासहित ४५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । लायंस क्लब अफ वीरगंज, लियाे क्लब अफ गंजभवानीपुर र लियाे क्लब अफ वीरगंजकाे संयुक्त आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

लायन्स सर्भिस सेन्टर वीरगंजमा भएकाे कार्यक्रममा २ महिलासहित ४५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए ।

कार्यकमा तिवारी यादव, दिपक कुमार गुप्ता, धिरज कुमार यादव, संजय कुमार यादव, प्रितेश कुमार, सुरज कुमार पाल, राेशनी श्रेष्ठ, बिशाल श्रेष्ठ, रुपेश पटेल, सुनिता कुमारी, श्रीकान्त सहनी, पप्पु श्रीवास्तव, दिव्या गिरि, महेश कुमार पटेल, बिशाल यादव, सतेन्द्र पटेल, श्यामकिशाेर पटेल, विजय कुमार साह, राकेश कुमार शर्मा, महेश साह, राजेश बर्णवाल लगायतकाले रक्तदान गरेका छन् ।

लायंस क्लब अफ वीरगंजका अध्यक्ष विजय कुमार गुप्ताकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरिक्षक मनाेजित कुंवर, चिकित्सक संघ नारायणी वीरगंजका सचिव डा. उद्य नारायण सिंह, लियाे क्लब अफ वीरगंजका अध्यक्ष मेराजुल हवारी, लियाे क्लब अफ गंजभवानीपुरका अध्यक्ष विनय साह, कार्यक्रम संयाेजक भागवती सिगडेल लगायतकाे उपस्थित रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...