Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

२ महिलासहित ४५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । लायंस क्लब अफ वीरगंज, लियाे क्लब अफ गंजभवानीपुर र लियाे क्लब अफ वीरगंजकाे संयुक्त आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

लायन्स सर्भिस सेन्टर वीरगंजमा भएकाे कार्यक्रममा २ महिलासहित ४५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए ।

कार्यकमा तिवारी यादव, दिपक कुमार गुप्ता, धिरज कुमार यादव, संजय कुमार यादव, प्रितेश कुमार, सुरज कुमार पाल, राेशनी श्रेष्ठ, बिशाल श्रेष्ठ, रुपेश पटेल, सुनिता कुमारी, श्रीकान्त सहनी, पप्पु श्रीवास्तव, दिव्या गिरि, महेश कुमार पटेल, बिशाल यादव, सतेन्द्र पटेल, श्यामकिशाेर पटेल, विजय कुमार साह, राकेश कुमार शर्मा, महेश साह, राजेश बर्णवाल लगायतकाले रक्तदान गरेका छन् ।

लायंस क्लब अफ वीरगंजका अध्यक्ष विजय कुमार गुप्ताकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरिक्षक मनाेजित कुंवर, चिकित्सक संघ नारायणी वीरगंजका सचिव डा. उद्य नारायण सिंह, लियाे क्लब अफ वीरगंजका अध्यक्ष मेराजुल हवारी, लियाे क्लब अफ गंजभवानीपुरका अध्यक्ष विनय साह, कार्यक्रम संयाेजक भागवती सिगडेल लगायतकाे उपस्थित रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...