Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

डा. केसीकाे समर्थनमा नेवि संघद्वारा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज ।  गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाकाे लागि १९ औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीकाे समर्थनमा शुक्रबार वीरगंजकाे घण्टाघरमा नेवि संघले प्रदर्शन गरेकाे छ ।

सरकार आफ्नाे नियत सच्याउ गाेबिन्द केसीलाई तुरुन्त बचाउ, डा. केसीकाे अनसन मेडिकल माफियालाई टेनसन, केपी ओलीकाे मिसन सिटामलमाेलमा कमिसन लगायतकाे नारा लेखिएकाे प्ले कार्डसहित शान्ति पूर्ण प्रदर्शन गरिएकाे हाे ।

प्रदर्शनमा सहभागिहरुले जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि भएकाे अभद्र व्यवहार बिराेधसमेत गरेका छन् । 

नेपाली विद्यार्थी संघ पर्साकाे आयाेजनामा भएकाे शान्तिपूर्ण प्रदर्शनमा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, दिना प्रसाद गुप्ता, प्रकाश उपाध्या, श्याम पटेल, रोशन लामिछाने, धरमेन्द्र पटेल, बैकुण्ठ श्रीवास्तव, नेवि संघका नेता सुधीर पटेल, विश्वास द्विवेदी, विवेक कलवार, जितेन्द्र मिश्रा, इङ्राशन यादव, मन्जिव मिश्रा, सुरेन्द्र प्रजापती लगायतको नेता तथा कार्यकर्ताको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...