Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

“पेट बडी पापी” भाेजपुरी गितकाे बिमाेचन

spot_img
spot_img

वीरगंज । “पेट बडी पापी” भाेजपुरी गितकाे आज एक कार्यक्रमकाे बिच बिमाेचन गरिएकाे छ । वीरगंजका युवाहरुद्वा तयार गरिएकाे भिडियाे गित बिमाेचन गरिएकाे हाे ।

भाेजपुरीया समाजकाे यथार्तमा आधारित भिडियाे गितकाे संविधान सभा सदस्य अनिल रुंगटाले बिमाेचन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी रुंगटाले लेपटपमा गितलाई प्ले गिरी बिमाेचन गरेका थिए ।

गित बिमाेचन कार्यक्रमलाई सम्बाेधन गर्दै रुंगटाले नेपालकाे अवस्थालाई चित्रण गर्दै गित तयार गरिएकाे वताए । उनले हाम्राे सांस्कृतीसंग पनि याे गित जुडेकाेले यसकाे महत्व बढाइदिन आग्रह गरे ।

गितकाे भिडियाेमा हाम्राे समाजकाे यथार्त चित्रण गरिएकाे उनकाे भनाई थियाे । उनले भने ” जब सम्म युवा र किशान अगाडी नआए तब सम्म हाम्राे देशकाे बिकास हुदैन् । त्यसकाे लागि यहांका युवाहरुकाे एकवद्ध हुन जरुरी छ । याे भिडियाे गितले पनि यहाँकाे युवा र किशानहरुलाई एकवद्ध हुन सन्देश दिन चाहेकाे छ ।”

गितका निर्देशक राजन श्रीवास्तवले जिल्लाका युवाहरुलाई रास्ट्र एवं अन्तर्राष्ट्रिय सम्म नै चिनाउन एउटा नयाँ प्रयास भएकाे वताए । भाेलन्टियर समुहका संयाेजकसमेत रहेका श्रीवास्तवले स्वागत मन्तव्य राख्दै भाेलन्टियर समुहकाे सहभागितामा भएकाे  नयाँ प्रयासले भाेजपुरी भाषाकाे संरक्षणकाे साथै वीरगंजकाे पहिचान गराउने बिश्वास व्यक्त गरे ।

जेंवना-भाेजपुरिया सनेसा वीरगंजका अशाेक कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष केसी लामिक्षाने, जनता समाजवादी पार्टीका युवा नेता तबरेज अहमद, भिजिट मधेशका राष्ट्रिय संयाेजक ओमप्रकाश सरार्फ, समाजिक अभियान्ता प्रकाश थारु लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । वीरगंज दरबारमा भएकाे बिमाेचन कार्यक्रमकाे संचालन संचारकर्मी माधुरी महताेले गरेकी थिइन ।

भिडियाे गितकाे आजै  जेंवना भाेजपुरिया सनेसाकाे युट्युबमा रिलिजसमेत गरिएकाे छ । 

वीरगंजका युवा श्याम सरार्फद्वारा लिखित गित उनकै आवाजमा प्रस्तुत गरिएकाे छ । गितकाे निर्माता राकेश यादव “मितवा, संदिप प्रजापती अभिनीत रहेकाे छ । भिडियाे गितकाे निर्देशक राजन श्रीवास्तव रहेका छन् भने बिवेक परियारले आफ्नो संगितले सजाएका छन् । गितकाे भिडियाे सुटिङ्ग क्यामरा म्यान भरत साहले गरेका छन् ।
भोजपुरि समाजमा रहेको गरीबी र गरीबीका कारण आफ्नो घर परिवार छोडी विदेश पलायन भईरहेका युवाको व्यथामाथी फ़िलमाईएको भिडियो गितको बैनर केही समय पहिलादेखी नै सोसलमिडिया लगायत बिभिन्न संचारमाध्यमा व्यापक रूचाईएको थियाे । साथै धैरै जना यस भिडियो गितको प्रतिक्षामा रहेका थिए ।
 
अश्लीलताको बाजारमा प्रतिस्प्रधात्मक रूपमा आईरहेको यस्तो श्लील गीतहरू हाम्रो परिवारका साथै सार्वजनिक ठाउँमा सुन्न सकिने वा देखन सकिने रहेकाे छ । श्लील गीतहरू माथी काम गरिरहेका हरेक गीत संगीत वा सिनेमासंग जोडिएका ब्यक्तिहरूको प्रोत्साहन स्वरूप गीतले सहयाेग पुग्ने बिश्वास लिइएकाे छ ।
साेही कार्यक्रममा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित भएका नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने र ग्रिन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानलाई भाेलन्टियर समुहले सम्मानितसमेत गरेकाे थियाे ।
 
नेकपाका युवा नेता प्रभाकर गुप्ताले पत्रकार महासंघका प्रदेश उपाध्यक्ष लामिक्षानेलाई र भाेलन्टियर समुहका अध्यक्ष राजन श्रीवास्तवले ग्रिन सिटीका अध्यक्ष खेतालाई खादा ओढाएर सम्मान गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...