Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सा र बाराका थप १८ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सा र बाराका थप १८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार राति ३०० जनाकाे स्वाब परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित हुनेमा पर्साका ६ जना र बाराका १२ जना रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । उनका अनुसार पर्साकाे विभिन्न ठाउँबाट आएका १३६ जना र बाराकाे विभिन्न ठाउँबाट आएका १६४ जनाकाे स्वाबकाे नमुना पिसिआर विधिबाट परिक्षण गरिएकाे थियाे ।

संक्रमित हुनेमा ४ महिला र १४ पुरुष रहेका छन् । थपिएका संक्रमितहरु १२ बर्षिय बालकदेखी ८५ बर्षिय वृद्धसम्म रहेका छन् । 

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार पर्सामा थपिएका संक्रमितहरु वीरगंज महानगरपालिकाकाे ५ जना र सखुवा प्रसाैनी गाउँपालिकाका एक जना रहेका छन् ।

त्यसैगरी बारामा थपिएका संक्रमितहरु मध्ये माेतिसरका एक जना, सशस्त्र प्रहरी बल पथलैयाका २ जना, जितपुर सिमराका ८ जना लगायतका रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...