Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरियामा शैक्षिक सामग्री तथा सेनेटरी प्याड वितरण

spot_img
spot_img

वीरगंज । बैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत आइतबार पोखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित रहेकाे श्री जिल्ला उच्चांगल राम देव कलवार नमुना माध्यमिक विधालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

कक्षा ९ र १० का ६२ जना विधार्थीहरुलाई एक कार्यक्रमका बिच कापी, कलम तथा छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको हाे । कोरोना माहामारीको कारण विधालयहरू बन्द रहेको बेलामा रेडियो, ईन्टरनेट, टिभी लगायतका बैकल्पिक माध्यमबाट सिकाई कक्षा संचालनमा रहेको र विधार्थीहरूलाई यस समयमा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको नगर प्रमुख दिपनरायण रौनियारले बताए ।

कार्यक्रम अन्तर्गत विधालयका ५ सय ४८ जना विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने नगर प्रमुखका स्वकिय सचिव राजु राैनियारले जानकारी गराए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा पोखरिया नगपालिकाकी उप मेयर सलमा खातुन, प्रमुख प्रशासकिय अधिकृत अमित गिरी, शिक्षा शाखा प्रमुख बल्लदेव भट्ट, समाजिक शाखाका नागेन्द्र साह, विधालयमा प्रधानाध्यापक वयाश महतो, प्रशासन शाखा प्रमुख बिजय कुमार झा लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...