Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

शत्रुधन पटेलकाे पांचाै स्मृति दिवस, शहिदकाे सपना साकार भएन : वक्ताहरु

spot_img
spot_img

वीरगंज । मधेश आन्दाेलनका शहिद शत्रुधन पटेलकाे पांचाै स्मृति दिवस आज पकहा मैनपुरमा मनाइएकाे छ । संविधान घाेषणा कै दिन संविधानकाे विराेध गर्ने क्रममा वीरगंजमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ३ मैनपुर निवासी स्व. पटेलकाे गाउँ मै एक कार्यक्रमकाे आयाेजना गरि स्मृति दिवस मनाइएकाे हाे । 

जनता समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरुले सहिदकाे सपना साकार नभएकाे वताएका छन् । पार्टीबाट नै बन्नेका पालिका अध्यक्ष, सांसद र मन्त्रीहरु कै कारण शहिदकाे सपना ओलझेलमा परेकाे वक्ताहरुकाे भनाई थियाे । 

कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादीका नेता एवं प्रतिनिधि सभा सदस्य लक्ष्मण लाल कर्णले पकहा मैनपुर गाउँपालिकामा निर्माण हुने सार्वजनिक सम्पतिकाे नामंकन शत्रुधन पटेलकाे नामले गर्नु पर्ने वताए । उनले गाउँपालिका अन्तर्गत निर्माण हुने धर्मशाला, सडक, विद्यालय लगायतकाे सार्वजनिक सम्पतीकाे नाम शत्रुधन पटेलकाे नामले राख्नु पर्ने धारणा राखे ।

पर्सा क्षेत्र नं. ४ का संघिय सांसद रहेकाे नेता कर्णले अब पार्टीले दुई तिहाई बहुमत ल्याउने वताए । उनले भने “प्रदेशमा पार्टी कै सरकार भए पनि काम गर्न सकेकाे छैन् । तपाईहरुले त भाेट दिनु भयाे, दुई पार्टी मिल्दा पनि मात्र सरकार बनाउने बहुमत छ । त्यस कारण प्रदेशकाे नमांकन, राजधानी र भाषा लगायतकाे काम पनि गर्न सकेकाे छैन् । यी सबै काम गर्नकाे लागि दुई तिहाई बहुमत चाहिन्छ । त्यही भएर अब पार्टीले दुई तिहाई बहुमत ल्याउनु पर्छ ।”

कार्यक्रममा वाेल्दै जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले पार्टीबाटै निर्वाचित सांसद र मन्त्रीले जनताकाे चाहना अनुसारकाे काम गर्न नसकेकाे वताए । पदमा पुगेका पार्टीका नेताहरुले जनताकाे चाहना अनुसार काम नगरेका कारण शहिदकाे सपना साकार नभएकाे उनकाे भनाई थियाे ।

जनता समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिका नेता विनाेद मेहताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का निलम्बित सांसद हरिनारायण राैनियार, प्रदेश सांसद प्रहलाद गिरी, करिमा बेग्म, भिमा यादव, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेता शिव पटेल, नेजामुदिन सम्मानी, बाबुलाल यादव, सिपु तिवारी, रामनरेश यादव, सुन्दर कुर्मी, मुकेश द्विवेदी, जरी लामा लगायतकाे सहभागिता रहेकाे थियाे ।

चन्देश चाैहानले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन जसपाका संघिय परिष सदस्य शिवजी प्रसाद साेनीले गरेका थिए ।

कार्यक्रममा सहभागि नेताहरुले पकहा मैनपुर चाैकमा रहेकाे शहिद शत्रुधन पटेलकाे शालिकमा मल्यार्पणसमेत गरेका थिए । त्यसपछि भएकाे सभामा शहिद शत्रुधन पटेलकी आमा गाउँपालिकाकी उपाध्यक्ष कुशमी देबीलाई दाेसल्ला ओढाएर सम्मानसमेत गरिएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...