Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पाेखरियामा बुवाकाे चक्कु प्रहारले छाेराकाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ६ श्रीसियामा बुवाकाे चक्कु प्रहारले छाेराेकाे ज्यान गएकाे छ ।

स्थानिय ७० बर्षिय बुवा लक्ष्मी साह राैनियारकाे चक्कु प्रहारले ३५ बर्षिय छाेरा माधाे साह राैनियारकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । चक्कु प्रहार गर्ने बुवा लक्ष्मीलाई इलाका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे छ ।

चक्कु प्रहारबाट गम्भिर घाइते माधाेलाई उपचारकाे लागि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लग्ने क्रममा बाटाेमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

साेमबार सांझ ७:१५ बजे लक्ष्मिले छाेरा माधाेमाथी चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भि घाइते माधाेलाई सुरुमा उपचारकाे लागि पाेखरिया अस्पताल लगिएकाे थियाे । पाेखरिया अस्पतालले रेफर गरेपछि वीरगंज लग्ने क्रममा मृत्यु भएकाे जानकारी प्राप्त भएकाे प्रहरी निरिक्षक सिंहले वताए ।

चक्कु प्रहार गर्ने लक्ष्मिलाई  नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेकाे सिंहले जानकारी गराए ।

लक्ष्मीले रक्सी खाएर आएपछि भएकाे भनाभनकाे क्रममा छाेरा माधाेमाथी चक्कु प्रहार गरेकाे स्थानियहरुले वताएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...