Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

पाेखरियामा बुवाकाे चक्कु प्रहारले छाेराकाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ६ श्रीसियामा बुवाकाे चक्कु प्रहारले छाेराेकाे ज्यान गएकाे छ ।

स्थानिय ७० बर्षिय बुवा लक्ष्मी साह राैनियारकाे चक्कु प्रहारले ३५ बर्षिय छाेरा माधाे साह राैनियारकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । चक्कु प्रहार गर्ने बुवा लक्ष्मीलाई इलाका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे छ ।

चक्कु प्रहारबाट गम्भिर घाइते माधाेलाई उपचारकाे लागि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लग्ने क्रममा बाटाेमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

साेमबार सांझ ७:१५ बजे लक्ष्मिले छाेरा माधाेमाथी चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भि घाइते माधाेलाई सुरुमा उपचारकाे लागि पाेखरिया अस्पताल लगिएकाे थियाे । पाेखरिया अस्पतालले रेफर गरेपछि वीरगंज लग्ने क्रममा मृत्यु भएकाे जानकारी प्राप्त भएकाे प्रहरी निरिक्षक सिंहले वताए ।

चक्कु प्रहार गर्ने लक्ष्मिलाई  नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेकाे सिंहले जानकारी गराए ।

लक्ष्मीले रक्सी खाएर आएपछि भएकाे भनाभनकाे क्रममा छाेरा माधाेमाथी चक्कु प्रहार गरेकाे स्थानियहरुले वताएका छन् ।  

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...