Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बाल दिवसकाे अवसरमा शैक्षिक सामग्री वितरण

spot_img
spot_img

पाेखरिया । नेवि संघ पोखरियाले बाल दिवसकाे अवसरमा साेमबार एक कार्यक्रमका बिच बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।   

बाल दिवसकाे अवसरमा पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित रहेकाे श्री नेपाल रेडक्रस प्राथमिक बिधालयमा ६५ जना र पाेखरिया नगरपालिकाकाे वडा नं. ५ सतवरियास्थित रहेकाे श्री राधा कृष्ण प्राथमिक बिधालयमा ७० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे नेवि संघले जनाएकाे छ ।

बालबालिकाहरुलाई कापी, पेन्सिल, ईरेजर, कट्टर, सर्जिकल माक्स, मिठाई लगायत सामग्री बितरण गरिएकाे नेवि संघ पाेखरिया नगरपालिकाका संयाेजक सन्ताेष महताेले जानकारी दिए ।   

संयोजक महतोको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया युवा समाजका अध्यक्ष नौसाद आलम, नेवि संघका नेता राजेश गिरी, मनोज कलवार, अकलख आलम, अब्दुल आजद आलम, निरंजन क्षेत्री, नवल ठाकुर, जयप्रकाश ठाकुर लोहार, सन्जय चौहान, नन्दकिशोर यादव, ओमकार रौनियार, रुसतम आलम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...