Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

बाल दिवसकाे अवसरमा शैक्षिक सामग्री वितरण

spot_img
spot_img

पाेखरिया । नेवि संघ पोखरियाले बाल दिवसकाे अवसरमा साेमबार एक कार्यक्रमका बिच बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।   

बाल दिवसकाे अवसरमा पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित रहेकाे श्री नेपाल रेडक्रस प्राथमिक बिधालयमा ६५ जना र पाेखरिया नगरपालिकाकाे वडा नं. ५ सतवरियास्थित रहेकाे श्री राधा कृष्ण प्राथमिक बिधालयमा ७० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे नेवि संघले जनाएकाे छ ।

बालबालिकाहरुलाई कापी, पेन्सिल, ईरेजर, कट्टर, सर्जिकल माक्स, मिठाई लगायत सामग्री बितरण गरिएकाे नेवि संघ पाेखरिया नगरपालिकाका संयाेजक सन्ताेष महताेले जानकारी दिए ।   

संयोजक महतोको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया युवा समाजका अध्यक्ष नौसाद आलम, नेवि संघका नेता राजेश गिरी, मनोज कलवार, अकलख आलम, अब्दुल आजद आलम, निरंजन क्षेत्री, नवल ठाकुर, जयप्रकाश ठाकुर लोहार, सन्जय चौहान, नन्दकिशोर यादव, ओमकार रौनियार, रुसतम आलम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...