Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

४ सय २३ किशाेरीहरुलाई स्वच्छता सामग्री वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा संचालित वृृज कक्षाका ४ सय २३ जना किशाेरीहरुलाई शुक्रबार स्वच्छता सामग्री वितरण गरिएकाे छ ।

भिएसओ नेपाल र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित किशाेरी शसक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत १९ वटा वृज कक्षाका ४२३ जना सानी बहिनीहरुलाई स्वच्छता सामग्री वितरण गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए ।

उनका अनुसार तावल २ वटा, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, ब्रस एक थान, कंगी एक थान, सेनटरी प्याड ४ वटा, नेल कटर एक थान, सेनिटाइजर एक थान, प्यान्टी २ थान, पेष्ट एक थान लागयतकाे स्वच्छता सामग्री भएकाे किट किशाेरीहरुलाई वितरण गरिएकाे हाे । 

काेराेना संक्रमणबाट बच्न सानी बहिनीहरुकाे स्वास्थ्यलाई ध्यानमा राखी परियाेजना अन्तर्गत स्वच्छता समाग्री वितरण गरिएकाे संयाेजक ठकुरीले जानकारी गराए । गाउँपालिकाकाे ६ वटै वडामा संचालनमा रहेकाे वृज कक्षाकाे बहिनीहरुलाई परियाेजना अन्तर्गत स्वच्छता सामग्रीकाे साथै कापी, कलमसमेत वितरण गरिएकाे उनले जानकारी दिए ।

गाउँपालिकाकाे वडा नं. ६ बाट एक कार्यक्रमकाे बिच स्वच्छता सामग्री वितरण सुरु गरिएकाे थियाे । वडाध्यक्ष रामयाेध्या पटेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा अन्तर्गतका वृज कक्षाका किशाेरीहरुलाई सामग्री वितरण गरिएकाे थियाे । 

त्यसपछि वाकी वडा मै पुगी वृज कक्षाका किशाेरीहरुलाई सामग्री वितरण गरिएकाे संयाेजक ठकुरीले वताए ।

यस्तै गाउँपालिका अन्तर्गतका ३१ जना अपांगता भएका बालबालिकाहरुलाई पनि स्वच्छता सामग्री र वृज कक्षा सहजिकरण गर्दै आएकी ठुली बहिनीहरुलाई झाेला वितरण गरिएकाे दिव्य युवा क्लबले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...