Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

स्व. विपीकाे जन्मजयन्तीकाे अवसरमा वृक्षाराेपण

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बि.पि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा शुक्रबार विहान वीरगंजमा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । 

नेवि संघ पर्साकाे आयाेजनामा नरसिंह मा.वि, पिपरामा भएकाे कार्यक्रममा अशाेक, सपेता र सतशालकाे एक सय विरुवा राेपिएकाे हाे । नेवि संघ, पर्साका सभापति विश्वास द्विवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन विरुवा राेपेर नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य अनिल रुङ्टाले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापति प्रकाश उपाध्यय, जिल्ला सचिव श्याम पटेल, सह-सचिवद्वय रोशन लामिछाने, किरण सरकार, जिल्ला सदस्य रामबाबु पटेल, बैकुण्ठ श्रीवासत्व, धर्मेन्द्र पटेल, क्षेत्रय सभापति अरबिन्द गुप्ता, वीरगंज महानगरपालिका वडा न. १५ का वडा अध्यक्ष गजेन्द्र पटेल, नरसिङ माविका प्र.अ बिनोद मेहता, ने.बि.संघको पुर्व केन्द्रिय सदस्य सुधिर पटेल, नेता बिकेश पटेल, सचिव प्रभात सिंह लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन नेता प्रभात सिंहले गरेका थिए ।

साेही कार्यक्रममा वीरगंजकाे दुई जना युवा राज प्राताप सिंह र रबि गुप्ताले औपचारिक रुपामा कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नेता रुगंटाबाट कांग्रेसको सदस्यता ग्रहण गर्दै पार्टी प्रबेश गरेकाे नेवि संघका नेता जितेन्द्र मिश्राले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...