24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा सुविधा नहुदा काठमाडाैंमा सेवा लिनु पर्ने बाध्यताले झन पिडा

वीरगंज । मिर्गाैलाका बिरामीलाई हेपेटाइटिस भएपछि डायलिसिसकाे लागि थप समस्या झेल्नु परेकाे छ । वीरगंजमा हेपेटाइटिस भएका बिरामीलाई डायलिसिस गर्ने सुविधा नहुदा काठमाण्डाै जानु पर्ने र त्यही बस्नु पर्ने बाध्यता श्रृजना भएकाे हाे ।

हेपेटाइटिस ए, बि, सि, डि र ई भएका बिरामीहरुलाई वीरगंजमा डायलिसिस नहुदा काठमाडाैंमा जानु पर्ने र त्यहीं बस्नु पर्ने बाध्यताले झन पिडा भएकाे मिर्गाैला बिरामीका आफन्तहरुले वताएका छन् । यसका साथै आर्थिक भार पनि बढेकाेले थप समस्या श्रृजना भएकाे उनीहरुकाे दु:खेसाे छ ।

डायलिसिसकाे लागि नै एक महिनादेखी काठमाडाैं मै रहेका पर्सागढी नगरपालिकाका वडा नं. ७ टिकुलियाका सनाेज रायले वीरगंजमा डायलिसिस सेवा नहुदा काठमाडाैं थप पिडा खेप्नु पर्ने दु:खेसाे सुनाए । उनी दाजुभाई आफ्नाे बुवाकाे डायलिसिसकाे लागि एक महिना देखि काठमाडाैं मै बसीरहेका छन् ।

काठमाडाैंमा बस्दा  र बुवाकाे डायलिसिस गराउन उनलाई कयाैं समस्या झेल्नु परेकाे छ ।

उनले भने “बुवालाई हेपेटाइटिस “सि” भएपछि वीरगंजमा डायलिसिस नहुदा काठमाडाैं आउनु पर्याे । पहिला नारायणी अस्पताल मै बुवाकाे नियमित डायलिसिस भइरहेकाे थियाे । पछि हेपेटाइटिस भएपछि हामी दाजुभाई र बुवा एक महिनादेखी काठमाडाैं मै बस्दै आएका छाैं । अहिलाे काेराेना महामारीकाे समय रहेकाेले काेठा पाउन, बस्न, खान र हस्पिटलमा आवतजावत गर्न पनि समस्या भइरहेकाे छ ।” 

उनका अनुसार काठमाडाैंमा उनी जस्तै एक दर्जन भन्दा बढी पर्सा, बारा, राैतहट र सर्लाहीका हेपेटाइटिसका बिरामी छन् । सबैकाे एउटै बाध्यता छ वीरगंज अर्थात नजिककाे कुनै अस्पतालमा डायलिसिस नहुदा काठमाडाैं आउनु पर्ने र बस्नु पर्ने बाध्यता छ ।

नेपाल सरकारले नेपालकाे जुन सुकै अस्पतालमा नि:शुल्क डायलिसिस सेवा लिन सकिने प्रावधान रहेपनि त्याे अस्पतालकाे व्यवहारमा लागु नभएकाे र विभिन्न चेकचाँचकाे बहानामा ठग्नु परेकाे उनी बताउन्छन् ।

उनले कालिका टाइम्ससंग कुरा गर्दै भने  “अहिले काेराेना महामारीकाे समय भएकाेले जुन सुकै अस्पतालमा जादा पहिला पिसिआर लगायतकाे चेकजांच गराउन भन्छन् । त्याे गराउन मै ५ देखी ७ हजार सम्म एक पटकमा खर्च हुन्छ । हप्तामा दुई पटक अनिवार्य रुपमा डायलिसि गराउनु पर्ने हुन्छ तर सरकारी अस्पतालमा डायलिसिस गर्ने ठाउँकाे अभावमा निजि अस्पतालमा जानु पर्ने बाध्यता हुन्छ । डायलिसिस सेवा नि:शुल्क भएपनि सरकारी हाेस वा निजि अस्पताल सबैमा पैसा तिर्नु पर्ने बाध्यता छ । सरकारीका अस्पतालहरु बेड खाली नभएकाे भन्छन्, त्यसपछि इमरजेंसीमा गराउन पर्ने हुन्छ । त्यसकाे लागि ३ हजार खर्च हुन्छ । कहिले कांही निजि अस्पतालमा गराउदा रु ७ हजार सम्म तिर्नु पर्ने बाध्यता छ ।”

एक पटक चार घण्टा सम्म हुने डायलिसिस इमरजेंसीमा २ घण्टा सम्म हुन्छ । तर यहाँ हाम्राे समस्या सुनिदिने र बुझिदिने काेही पनि छैनन् उनले दु:खेसाे पाेखे ।

वीरगंजमा भन्दा काठमाडाैं टाँडा भएकाेले आउने र जान पनि सकिदैन् । एमबुलेन्सकाे भाडा पनि महंगाे भएकाेले नसकिएकाे उनले वताउँछन् । घर परिवारका सदस्यसमेत बिरामी आफन्तसंग भेट नसक्ने अवस्था छ । यहाँबाट बिरामीलाई एकै पटक मृत्यु भएपछि नै घर लग्न सकिने उनले दु:खेसाे सुनाए ।

उनका अनुसार केही त लामाे समयदेखी एक्लै डायलिसिसकाे लागि काठमाडाैंकाे विभिन्न अस्पतालमा परिसर मै बुसिरहेका हुन्छन् । कहिले काँही अस्पतालहरुले बाहिर निकालेपछि सडक पेटीमा बसेकाे देख्दा आँखाबाट आसु झर्छ ।

उनले थपे “वीरगंजमा डायलिसिस सेवा भइदिएकाे भए यतिकाे सास्ती हुने थिएन । समय र आर्थिक बचत पनि हुने थियाे । यतिकाे सास्ती भाेग्नु पर्ने बाध्यता हुदैन थियाे । वीरगंजमै डायलिसिस सेवा संचालनकाे लागि हामी स्थानिय नेता र अस्पतालका विभिन्न व्यक्तिलाई गुुहारे पनि आश्वासन मात्र आउन्छ । अहिले सम्म केही हुन सकेकाे छैन् ।”

हामीले बुझ्दा नारायणी अस्पता मै मेसिन भएकाे र त्याे बिग्रेकाे अवस्थामा रहेकाेले, त्यसलाई मर्मत गरेपछि वीरगंज मै सेवा संचालन गर्न सकिने उनले वताए ।

नारायणी अस्पतालका डायलिसिस सेवाका इन्चार्ज डा. निरज सिंहले वीरगंजमा हेपेटाइटिस बिरामीकाे डायलिसिसकाे लागि सरकारले लागनी गर्नु पर्ने वताए । उनले भने “हेपेटाइटिस भएका बिरामीहरुकाे लागि छुट्टै मसिनमा डायलिसिस गर्नु पर्छ । त्यसकाे लागि सरकारले केही मेसिनकाे व्यवस्था गरिदिनु पर्ने हुन्छ ।”

उनका अनुसार हेपेटाइटिस “सि” काे बिरामीकाे डायलिसिस काठमाडाैं बाहेक अरु कहीं हुदैन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.425 sec. Memory consumption:81.42 mb