Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युरिया मल वितरण

spot_img
spot_img

वीरगंज । अनाेखि साना किसान कृषि सहकारी संस्था लि. वीरगंज ११, पर्साले किसानहरूलाई युरिया मल बिक्री वितरण गरेकाे छ ।

वीरगंजस्थित जिल्ला समन्वय समिति, पर्सा आगाडीबाट संस्थाले ५० बोरा युरिया मल बिक्री वितरण गरेको हो । रु ८ सयमा किसानहरूलाई मल बिक्री गरिएको संस्थाकी अध्यक्ष रानी देवीले बताइन । एकजना किसानलाई एक बोराको दरले युरिया मल उपलब्ध गराइएको उनले जानकारी गराइन ।

युरिया मलकाे अभाव भएका कारण पर्साकाे ग्रामिण भेगका किशानहरु पनि वीरगंजमा मल खरिद गर्न पुगेका थिए । साल्ट ट्रेडिङले आफ्ना डिलरलाई उपलब्ध गराएकाे ५० बाेरा मल भ्याए जति वितरण गरिएकाे संस्थाका नरेश जयसवालले वताए । उनले धेरै किशानहरु मल वितरण स्थल पुगेर पनि मल नपाएर फिर्ता गएकाे वताए । 

यसैगरी, पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २, गदियानीमा पनि युरिया मल वितरण गरिएकाे छ । लालिगूराश कृषक समूह भेडिहारीले ३० बाेरा यूरिया मल वितरण गरेकाे हाे । 

कृषक समूहलाई साल्ट ट्रेडिङले जिल्ला प्रशासन कार्यालयकाे सिफारिसमा उलब्ध गराइदिएकाे मल वितरण गरिएकाे समूहका अध्यक्ष ओमप्रकाश साहले जानकारी दिए । 

उनले भने “हाम्राे वडामा साल्ट ट्रेडिङकाे डिलर नभए पनि यहाँकाे कृषकहरुकाे समस्यालाई ध्यानमा राखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगंजका प्रमुख अमाेज लामिक्षाने सरले उपलब्ध गराइदिनु भएकाे मल वितरण गरेका छाैं । यहाँकाे कृषकहरुलाई एक/एक बाेराे मल वितरण गर्दा पनि सबैले पाउन सकेका छैनन् । युरिया मलकाे अभाव कायमै रहे पनि केही कृषकहरुलाई राहत भएकाे छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...