2 April 2025
KALIKATIMES.COM

बहुदरमाईकाे आइसाेलेसन सिडिओ तामाङद्वारा अनुगमन

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा संचालनमा रहेकाे आइसाेलेसनकाे प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले अनुगमन गरेका छन् ।

नगरपालिकाकाे ३ ठाउँमा संचालनमा रहेकाे सेमि आइसाेलेसनकाे शुक्रबार सिडिओ तामाङसहितकाे टाेलीले अनुगमन गरेकाे नगरपालिकाकाे स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए ।

साे अनुगमन टाेलीमा प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदन जंग राणा, नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे ।  

नगरपालिकाले श्री नेपाल अधारभुतमा विद्यालय वैरिया बिर्ता, श्री महाविर साह माध्यमिक विद्यालय नगरदाहा र श्री सिताराम आधारभुत विद्यालय भाैंराटारमा सेमि आइसाेलेसन संचालनमा ल्याएकाे संयाेजक उप्रेतीले जानकारी गराए ।

उनका अनुसार बैरिया बिर्ताकाे आइसाेलेसनमा १७ जना, नगरदाहामा १२ जना र भाैराटारकाे आइसाेलेसनमा ३४ जना संक्रमितहरु रहेका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.607 sec. Memory consumption:82.49 mb