Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

सेलिनाकाे “ह्यन्ड्सम पोइ” बाेलकाे तीज गित सार्बजनिक

spot_img
spot_img
हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ।
 
पछिल्लो चर्चित गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले राम्रैसँग छोएको छ। उनको ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। बेस म्युजिक नेपाल युटुब च्यानल बाट गीतको भिडियो सार्वजनिक गरिएको हो।
 
चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । उक्त गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ ।
 
गीतका रचनाकार पौडेल गायक पनि हुन उनको केही समय पहिले बजारमा आएको ” मेरा काला दारी” गीत आहिले चर्चाको शिखरमा छ।
 
भिडियोमा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्मा छायाङ्कन गरेका छन् । साजसज्जामा अनिताले सघाएकी छिन् । हिन्दू महिलाहरूले मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाईन्छ ।
 
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...