Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

काठमाडाैं प्रबेशमा हाेइन, सिमा नाकामा कडाई गर

spot_img
spot_img

वीरगंज । सिमावर्ती जिल्ला पर्सामा केही समय यता काेराेना संक्रमित बढदै गएपछि सिमा नाकामा कडाई गर्न सेना परिचालन गर्नु पर्ने माग हुन थालेकाे छ । लकडाउन, निषेधाज्ञा जे गरे पनि सिमा नाकामा आवत जावत नराेकिएपछि सेना परिचालन गर्नु पर्ने माग उठन थालेकाे हाे ।

पर्सामा दिनहु काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु हुन थालेपछि यहाँ अवस्था झन भयावह र त्रसित भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले  समुदाय स्तरमा काेराेना संक्रमण देखिपछि साउन ११ गतेदेखी वीरगंज महानगरपालिकामा निषेधाज्ञा समेत जारी गरेकाे छ ।

निषेधाज्ञामा पनि वीरगंज महानगर क्षेत्र लगायत ग्रामिण भेगकाे सिमा नाका भएर आवतजावत नराेकिए पछि सेना परिचालनकाे माग हुन थालेकाे हाे ।

धेरै जसाेकाे सिमा नाकामा आवतजावत नराेकिएका कारण नै काेराेना संक्रमण फैलेकाे बुझाइरहेकाे छ । याे नराेकिए सम्म काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण गर्न नसकिए धेरै जसाेकाे बुझाइरहेकाे छ ।

वीरगंज महानगरपालिकाकाे प्रेस सल्लाहकार गाेबिन्द देवकाेटा आफ्नाे फेसबुकमा एक पाेष्ट लेख्दै वीरगजकाे अवस्था निकै दयनीय भएकाे र समुदायमा काेराेनाकाे संक्रमण पुर्णरुपमा फैलिएको लेखेका छन् ।

उनले लक्षण देखिएका संक्रमितको संख्या बढदाे छ, पछिल्ला दिनमा दैनिक दुईजनाकाे मृत्यु भइरहेकाे छ । अस्पतालमा काेभिड संक्रमितलाई उपचार गर्ने ठाउँ छैन । अधिकांश संक्रमित घरमा थुनिएका छन । यस्ताे विकराल अवस्थामा पनि सिंहदरबार मस्त निद्रामा छ । संघीय सरकारले वीरगन्जकाे स्थिति बुझ्ने चेष्टा समेत गरेकाे छैन । जब सम्म वीरगन्ज लगायत सिमावर्ती क्षेत्र सुरक्षित हुदैन तब काठमाडौंकाे सिंहदरबार समेत सुरक्षित वन्न सक्दैन सरकारलाई हेक्का हाेस । लेखेका छन् ।

पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले आफ्नाे फेसबुकमा नेपाल सरकारले भारतसंगकाे सीमामा कडाई गर्नु पर्ने ठाउँमा काठमाडाैं प्रबेशमा कडाई गरिरहेकाे लेखेका छन् ।

उनले बिहारमा काेराेनाकाे भयावह अवस्था बनेकाे छ, काेराेना संक्रमणबाट नेपालीलाई जाेगाउन सिमा नाकामा कडाई गराैं लेख्दै सिमानामा केही महिनाकाे लागि सेना परिचालन गर्न सरकारसंग माग समेत गरेका छन् ।

गैर सरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह सिमा नाकामा कडाई गर्नु पर्नेमा काठमाडाैं प्रबेशमा सरकारले कडाई  गरिरहेकाे वताउँछन् ।

उनले सिमा नाकामा सेना परिचालन गरेर भए पनि काेराेना संक्रमण नराेकिए सम्म सिमा नाकाकाे आवतजावत पूर्ण रुपले बन्द गर्नु पर्ने धारण राखेका छन् । यसका साथै उनले काेराेना परिक्षणकाे दायरा बढाउनु पर्ने सरकारसंग माग समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष अशाेक तिवारीले आफ्नाे फेसबुकमा वीरगंजको स्थिती धेरै भयावह छ, बोर्डरमा अबिलम्ब सेना परिचालन गरेर आवतजावत नरोके माहामारी फैलिनेबाट कोइ पनि रोक्न्न सक्दैन लेखेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...