Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पहका मैनपुरकाे अनियमिताकाे बिरुद्धमा प्रदर्शन, लक्षित बर्गकाे कार्यक्रम कागज मै सकियाे

spot_img
spot_img

प्रणय साह/वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे लक्षित बर्गकाे कार्यक्रम कागज मै सम्पन्न भएकाे भन्दै बिराेध प्रदर्शन भएकाे छ ।

सयाैंकाे संख्यामा रहेका स्थानिय महिलाहरुले साेमबार गाउँपालिका कार्यालय घेराउ गर्दै बिराेध गरेका हुन् । गाउँपालिकाकाे अनियमितताकाे बिराेधमा प्रदर्शनमा उत्रेका महिलाहरु गाउँपालिका कार्यालय घेराउ समेत गरेका थिए ।

गाउँवासीका अनुसार असारे बिकासकाे नाममा बजेट सकाउन गाउँपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृत महेश सिंह र लेखापाल नागेन्द्र चाैधरीले जिल्लाकाे सदरमुकाम वीरगंजमा बसेर चेक काट्न व्यस्त रहेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत सिंह र लेखापाल चाैधरीले गाउँपालिका अध्यक्ष बिजय चाैरसियासंग मिलेर लक्षित बर्गकाे स्वास्थ्य शिविर, जेष्ठ नागरिक सम्मान कार्यक्रम, अपांग कार्यक्रम, सिलाई कटाई तालिम, कृषि तालिम लगायतकाे एक दर्जन भन्दा बढी कार्यक्रम कागज मै सम्पन्न गरेका छन् ।

लक्षित बर्गकाे कार्यक्रम लक्षित बर्गमा गर्नु पर्नेमा वीरगंजमा मै बसी कागज मै सम्पन्न भएकाे आफुहरुले थाह पाए पछि बिराेधमा उत्रेकाे प्रदर्शनमा उत्रेका महिलाहरुकाे भनाई छ । महिलाहरु झाडुसहित प्रदर्शनमा उत्रेका थिए ।

बिराेधमा उत्रेका महिलाहरु वडा नं. २ काे कार्यालय सुर्जाहामा तालाबन्दी समेत गरेका छन् ।

यस्तै गाउँपालिका अध्यक्ष चाैरसिया कै वडाकाे बिकास निर्माणकाे काममा अनियमितता भएकाे भन्दै साेही वडाका स्थानियहरु अख्तियार दुरुपायाेग अनुसन्धानकाे कार्यालय हेटाैंडामा उजरी दिएका छन् ।

वडा नं. ३ काे बिकास निर्माणकाे काममा अनियमितता भएकाेले छानविनकाे माग गर्दै आफुहरु अख्तियारकाे कार्यालय हेटाैंडामा उजरी दिएकाे स्थानिय रामक्षत्री चाैहानले वताए ।

वडामा भएकाे नाला निर्माण स्टिमेट अनुसार नभएकाे र लक्षित बर्गकाे कार्यक्रममा अनियमितता भएकाे भन्दै चाैहानसहितका स्थानियहरुले अख्तियारमा इमेल मार्फत उजरी दिएका हुन् ।

यसका साथै उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीसंग भेट गरी गाउँपालिकाकाे अनियमितताकाे बारेमा जानकारी समेत गरेका छन् ।

स्थानिय रामक्षत्री प्रसाद चाैहान, लेखमन चाैहान, सुबाष महताे, चन्देश चाैहान, जटाशंकर साह लगायतकाले जिल्ला प्रशासन कार्यालयमा पुगी बिकास निर्माणकाे कार्यमा भएकाे अनियमितताकाे बारेमा जानकारी गराएका हुन् ।

यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत सिंहसंग बुझ्न उनकाे माेबाइलमा सम्पर्क गर्दा फाेन नलागेका कारण सम्पर्क हुन सकेन । यस्तै लेखापाल चाैधरीसंग पनि फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

त्यसपछि गाउँपालिका अध्यक्ष बिजय चाैरसियासंग सम्पर्क गर्दा काेराेना महामारीका कारण धेरै कार्यक्रम गर्न नसके पनि स्वास्थ्य शिविर, केरा घेती, जेष्ठ नागरिक सम्मान लगायतकाे कार्यक्रम संचालन भएकाे दावी गरे ।

उनले भने “सबै संचालन भएकाे कार्यक्रम र बजेट त आफुलाई याद छैन् तर केही लक्षित बर्गकाे कार्यक्रम संचालन भएकाे छ । संचालन भएकाे सबै कार्यक्रम बारे कागज देखेर वताउन सकिन्छ ।

प्रमुख प्रशासकिय अधिकृतकाे फाेनमा समेत सम्पर्क भइरहेकाे छैन्, वीरगंज मै बसेर चेक काट्नुकाेसाथै सबै काम गर्दै हुनुहुन्छ ? प्रशनकाे जवाफमा उहांसंग मेराे पनि फाेनमा सम्पर्क हुन नसकेकाे भन्दै सबै काम कार्यालय मै भइरहेकाे उनकाे भनाई छ ।

तर कार्यालय समय मै पकहा मैनपुर गाउँ कार्यपाललिकाकाे कार्यालय पकहा मैनपुरमा पुग्दा प्रमुख प्रशासकिय अधिकृत र लेखापालसंग भेट हुन नसकेकाे सेवाग्राहीकाे गुनासाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...