30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

लकडाउनमा पनि तिलावेमा घण्टाैं जाम, यात्रु सास्ती भाेग्न बाध्य

वीरगंज । लकडाउनमा पनि वीरगंज-पाेखरिया सडकखण्डमा पर्ने तिलावे पुलमा जाम लाग्ने गरेकाे छ ।

तिलावे पुलमा लाग्ने जामका कारण यात्रुहरुलाई सास्ती भाेग्नु परे पनि सम्बन्धि निकायकाे ध्यान पुग्न सकेकाे छैन् ।

पर्साकाे ग्रामिण भेगलाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडकमा पर्ने तिलावे पुलमा हुने जामका कारण लामाे समय देखी यात्रुहरुलाई सास्ती भाेग्न बाध्य छन् । विशेष गरे विहान र सांझकाे समयमा घण्टाै जाम लाग्ने गरेकाे यात्रुहरुले वताएका छन् ।

नयाँ पुल निर्माणकाे लागि केही समय देखि बन्द रहेकाे पुल भख्र केही समय पहिला सुचारु भएकाे हाे । पुलकाे बाटाे बन्द गरी ठेक्दारले डाइभर्सन निर्माण गरी बाटाे सुचारु गरेकाे थियाे ।

त्याे डाइभर्सन पनि मनसुन सुरु भए पछि नदीमा पानीकाे वहाव बढेका कारण बगाएकाे छ । डाइभ्रसन भत्कन थाले पछि विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि ठेक्दारले पुन: बन्द रहेकाे पुल सुचारु गरेकाे थियाे ।

नयाँ पुल निर्माण गर्ने ठेक्दारकाे लापरवाहीका कारण लामाे समय देखी पर्सेली जनता दु:ख पाउन बाध्य छन् । तर पनि नयाँ पुल निर्माण हुन सकेकाे छैन् ।

२०७२ साल मै पप्पु तथा लुम्बिनी जे.भि. कन्स्ट्रक्सनले पुल निर्माण गर्न जिम्मा लिए पनि हाल सम्म हुन सकेकाे छैन् । ४ बर्षमा पनि यी कम्पनीहरुले पुल निर्माण गर्न नसकेपछि न्यू कान्तिपुर कन्सट्रक्सनलाई जिम्मा दिएकाे छ ।

न्यु कान्तिपुर कन्सट्रक्सनले पनि झारा टार्न जस्तै कुक्षुवाकाे तलामा काम गरेका कारण यात्रुहरुलाई सास्ती भाेग्नु परेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.799 sec. Memory consumption:81.46 mb