31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नागरिकता, मधेसी/पहाड़े समुदाय र राजनीति

मधेस र मधेसी समुदाय लक्षित नागरिकता सम्बन्धीको राजनीति आ-आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागी बिगत काल देखि नै चली आएको राजनीतिक खेल हो । अहिलेको सन्दर्भमा सरकार बचाउन तथा आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्न फेरि पनि अंगीकृत नागरिकतालाई अन्तिम विकल्पको रुपमा हुकुमको इक्का जस्तै प्रयोग गरेको देखीन्छ । भ्रष्टाचार लुकाउन र एमसीसी पारित गर्न सरकारद्वारा पहिले नेपाल-भारत सम्बन्धीको नक्शा विवाद उठाइयो अहिले चाही विदेशी महिलाले नेपाली पुरुषसंग वैवाहिक सम्बंध पछि पाउने अंगीकृत नागरिकता विवाद चर्चाको शिखरमा देखीन्छ ।

मधेस सम्बन्धी नागरिकताको बारेमा राजनीतिक पार्टीहरुको धारणा बिगत काल देखी नै संकुचित र कुंठित रहदै आएको छ । बिगत समय देखि नै राजनीतिक पार्टीहरु राजनैतिक स्वार्थको लागि मधेस सम्बन्धी नागरिकताको मुद्दा लाई तासको खेलमा अन्तिम विकल्पको रुपमा प्रयोग गरिने हुकुमको इक्का जस्तै प्रयोग गर्दै आएको देखिन्छन । बिगतमा एमाले सरकारले गठन गरेको नागरिकता सम्बन्धी आयोगलाई बिपक्षमा बसेको कांग्रेसले बहिष्कार गरेको देखीन्छ भने कांग्रेसले गठन गरेको नागरिकता सम्बन्धी आयोगलाई एमालेले बहिष्कार गरेको राजनीतिक इतिहास पनि देखीन्छ ।

मधेस सम्बन्धी नागरिकताको बारेमा पार्टीहरुले चासो त लिएकै हून तर हरेक समय नागरिकताको मुद्दा उनीहरुले आफ्नो राजनैतिक र पार्टीगत स्वार्थको लागि मात्र उठाईएको पाइन्छ । दुई बर्ष देखि चेपिएको अंगीकृत नागरिकताको मुद्दा उठाउनु पनि राजनीतिक र पार्टीगत स्वार्थपूर्ति बाहेक केही न रहेको बुझीन्छ । सत्तारूढ़ (नेपाल कम्युनिष्ट पार्टी) सरकारले अंगीकृत नागरिकता सम्बन्धी बिधेयक प्रस्तावित गर्न लाग्दा बिगत जस्तै कांग्रेस फेरि पनि बहिष्कार गर्नु उहि पुरानो नीति हो भने जनता समाजवादी पार्टी (जसपा) पनि कांग्रेससँगै फरक मतमा बस्नु अहिलेको सन्दर्भमा नया कुरो देखिन्छ ।

कुनै पनि देशले आफ्नो नागरिकलाई नागरिकताको अधिकार दिनु भनेको राष्ट्र निर्माणको पहिलो आधार हो । राष्ट्र निर्माणमा आम नागरिकहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले र राष्ट्र निर्माणको लागी राष्ट्रको नागरिक हुनु अत्यावश्यक भएको हुनाले कुनै पनि देशले राष्ट्र निर्माणको लागि आफ्नो राजनैतिक एवम भौगोलिक सीमा भित्रका आम नागरिकलाई नागरिकताको अधिकार प्रदान गर्नु पहिलो कर्तव्य हुन आउछ । कुनै पनि देशले आफ्ना नागरिकलाई नागरिकताको अधिकार प्रदान गर्नु भनेको देशमा भएको शक्ति र श्रोतहरु माथि उसको पहुच र अधिकार सुनिश्चित गर्नु हो ।

हिमाल, पहाड़ र तराई (मधेस) मिलेर बनेको देश नेपाल भित्र हिमाल र पहाड़मा कहिले पनि नागरिकता सम्बन्धी समस्या भएको पाईदैन तर तराई अर्थात मधेस र मधेसमा बसोबास गर्ने मधेसी समुदाय नागरिकताको समस्याले अहिले सम्म पनि संघर्ष गर्नु परेको देखिन्छ । मधेसी समुदायलाई नागरिक अधिकारका लागि दीइने नागरिकतालाई राजनीतिकी षड्यन्त्र गरी जटिल बनाइएको पाईंन्छ । मधेसी/पहाडे समुदाय र विभेद भेषभूषा, भाषा, संस्कृति, जातीय, रंगरूप र मध्यदेशको भौगोलिक आधारमा मधेसका मानिसहरुलाई मधेसी नामकरण गरियो भने पहाड़का मानिसहरुलाई पहाड़े नामकरण गरेको पाइन्छ । मधेसी समुदायको भेषभूषा, भाषा, संस्कृति, जातीयता, रंगरूप, रहनसहन र खानपिन मित्रराष्ट्र भरत सीमाको छेउछाउमा बस्नेसंग मिलने हुनाले मधेसी समुदाय लाई अरुदेशको नागरिक ठान्दै दोयम दर्जाको उपाधि दियो र पूर्वकाल देखि नै दोयम दर्जाको नागरिक ठानियो भने पहाड़को वसीन्दा हरुलाई देशको भेषभूषा, भाषा, संस्कृतिको प्रतिनिधित्व बनाउदै देशको शक्ति र श्रोत माथि पूर्ण अधिकार दिईयो ।

मधेसी समुदाय माथि नेपाली भाषा र संस्कृति बलजफती लादिए पनि मधेसीहरु आफ्नो भाषा संस्कृतिलाई जोगाई राखे र नेपाली भाषा संस्कृतिलाई पूर्णरूपले आफ्नो जीवनमाँ स्वीकार गरेनन यही कारण हो जब दुई समुदाय बीच शंका र गलत धारणा राजनीतीक षड्यन्त्र गरी उत्पन्न गराइयों । एक अर्का प्रति अविश्वासको भावना उतपन्न गराइयों । आफ्नो राजनीतिक एवम ब्यक्तिगत स्वार्थ पूरा गर्ने उदेश्यले दुई समुदाय बीच अविश्वासको बीजारोपण गरी देशको शक्ति संरचनामा आफ्नो प्रभूतत्व कायम गरे र दुई समुदाय बीच अविश्वासको वातावरण लाई कायम राखे । अविश्वास कै कारण मधेसी समुदाय अनेकौ विभेदका शिकार बन्न पुगे जस मध्ये नागरिकता सम्बन्धी विभेद प्रमुख देखिन्छ । राष्ट्र निर्माणमा जती योगदान पहाड़े समुदायको देखिन्छ उतिकै योगदान मधेसी समुदायको पनि देखिन्छ तर मधेसी समुदाय लाई हेर्ने चश्माको शीशा एतिहासिक कालदेखि नै आशंकित रहदै आएको देखीन्छ । एतिहासिक काल देखि वर्तमान सम्म मधेसी समुदायले राष्ट्रको निर्माणमा दिएका योगदानलाई लुकाएर पहाड़े समुदायलाई नेपालको इतिहासमा उच्च स्थान दिनु पनि मधेसी समुदाय संगको विभेदको एउटा कारण देखिन्छ ।

अहिलेको सन्दर्भमा नेकपा द्वरा ल्याइएको अंगीकृत नागरिकता सम्बन्धी विधेयकले मधेसमा भित्रिने मधेसी समुदायका विदेशी बुहारीहरुको सामाजिक, आर्थिक, राजनीतिक र संस्कृतिक अधिकारमाथि आक्रमण गरेको पाइन्छ । महेन्द्रको पालामा लादिएको भाषा संस्कृतिलाई जबरजस्ती स्वीकार गरिए पनि मधेसी समुदायले पाहड़को भाषा संस्कृतिलाई आफ्नो जीवनमा लागू नगरेको देखीन्छ । अहिलेको अंगीकृत नागरिकता सम्बन्धी बिधेयकले पौराणिक काल देखि चली आएको मधेस-भारत बीचको सामाजिक, संस्कृतिक सम्बन्ध र बेटी-रोटी सम्बन्धमाथि आक्रमणसँगै मधेसी समुदायकों भाषा र संस्कृति माथि पनि पहाडे भाषा संस्कृतीलाई पुन एक चोटी लादने र पूर्ण रूपले बलजफती जीवनमा अंगाल्न लगाउने एउटा कुप्रयास मात्र देखिन्छ ।

अशाेक कुशवाहा
वीरगंज

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:217. Generation time:5.401 sec. Memory consumption:81.75 mb