Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

तिलावे नदीकाे डाइभर्सन भत्कन थाल्याे

spot_img
spot_img

वीरगंज ।  पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडकमा पर्ने तिलावे नदीकाे डाइभर्सन भत्कन थालेकाे छ । डाइभर्सन भत्कन थाले पछि पर्सा जिल्लाकाे ग्रामिण भेगकाे सदरमुकाम वीरगंजसंगकाे सम्पर्क टुट्न सक्ने सम्भावना बढेकाे छ ।

तिलावे नदीमा पुल निर्माणकाे लागि ठेक्दारले बनाएकाे डाइभर्सन नदीमा पानीकाे बहाव बढे पछि भत्कन थालेकाे हाे । मनसुन सुरु भएकाेले डाइभर्सन भत्कनुकाे साथै डाइभर्सनकाे बाटाे पनि जिर्ण बन्दै गएकाे छ ।

डाइभर्सनकाे बाटाेमा खाल्डाे खुल्डी भई पानी जम्मा भई हिलाे भएका कारण सवारी साधन आवतजावतमा समेत कठिनाई हुन थालेकाे छ । तिलावे पूल निर्माणकाे जिम्मा लिएका ठेक्दार  कम्पनीहरुकाे लापरवाहीले लामाे समय देखी दु:ख पाइरहेका पर्सेली जनता अब जाेखिम पूर्ण यात्र गर्न बाध्य भएका छन् ।

पुल निर्माणकाे जिम्मा पप्पु तथा लुम्बिनी जे.भि.कन्सट्रकसनले लिएकाे थियाे । साढे ५ करोडको लागतमा यी ठेकेदार कम्पनीले पूल निर्माण गर्ने जिम्मा २०७२ सालमा लिए पनि ४ बर्ष सम्म गर्न सकेन । पुल निर्माण गर्ने सम्झाैता अनुसार २०७५ साल सम्म काम सम्पन्न गरि सक्नु पर्नेमा गर्न नसके पछि यी ठेक्दार कम्पनीहरुले पुल निर्माण गर्ने जिम्मा न्यू कान्तिपुर कन्सट्रकसनलाई दिएका छन् ।

यी कन्सट्रक्सनले २०७६ फागुन देखी कछुवाकाे गतिमा काम थालनी गरे पनि हाल सम्म पूल निर्माणकाे १० प्रतिशत पनि काम हुन सकेकाे छैन् । पूल निर्माणकाे काम ५ जना कामदारले मात्र गरिहरेकाे देखिन्छ ।

पुरानो पुलको दुबै किनारको सडकलाई काटी आवतजावत बन्द गरिएको छ, यसको बैकल्पिक रुपमापुलको दक्षिण भागमा होम पाइपको अधारमा निमार्ण गरिएकाे डाइभर्सनले भत्कनुले वीरगंजसंगकाे सम्पर्क टुट्ने चिन्ता उत्पन्न भएकाे तरुण दल पर्साका सचिव विवेक चाैरसियाले वताउन्छन् ।

उनले नदीमा पानीकाे बहाव बढ्न थाले पछि डाइभर्सन भत्कन थाल्ले पछि पर्सेली जनता जाेखिम पूर्ण यात्रा गर्न बाध्य भएकाे वताए । अक्राे विकल्प नभएर जाेखिम पूर्ण यात्र गर्न बाध्य यात्रुलाई केही भयाे भने त्यसकाे जिम्म कसले लिने चाैरसियाले कालिका टाईम्ससंग कुरा गर्दै प्रश्न समेत गरे ।

मनसुन सुरु भएसंगै पर्सा जिल्लालाई नै सदमुकाम वीरगंजसंग जाेड्ने मूख्य सडक कै रुपरहेकाे बाटाे अवरुद्ध हुने सम्भावना बढेकाेले समय मै सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी रहेकाे स्थानिय नरेश गुप्ताले वताउन्छन् ।

अहिले जस्ताे नदीमा पानीकाे बहाव रहेकाे भने केही समय मै वीरगंजसंग पर्सा ग्रामिणकाे भेगकाे सम्बन्ध विच्छेद हुने पक्का रहेकाे वताए ।

यस बिषयमा पुल निर्माण गरिरहेका न्यू कान्तिपुर कन्सट्रक्सनका इन्जिनियर श्रीराम हल्लालसंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...