Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

ठेक्दारकाे लापरवाहीले पाेखरिया-लंगडी सडकमा यात्रुहरु दु:ख पाउदै

spot_img
spot_img

वीरगंज । ठेक्दार कम्पनीकाे लापरवाहलीले पाेखरिया-लंगडी सडकमा आवगमन प्रभावित भएकाे छ ।

प्रदेश २ सरकारकाे भाैतिक पूर्वधार बिकास मन्त्रालयबाट १७ काेराेडकाे याेजनमा अन्तर्गत निर्माण भइरहेकाे सडक निर्माण कम्पनीकाे लापरवाहीले यात्रुहरु दु:ख पाइरहेका छन् । पाेखरिया देखी मिर्जापुर सम्मकाे सडकमा कालाेपत्र गर्ने जिम्मा राेशन, रन्जन, सागर जेेभिले लिएकाे छ ।

३ वटा निर्माण कम्पनीहरु मिलेर याेजनाकाे ठेक्का सकार २०७६ असारमा नै गरे पनि बल केही समय अघि मात्र काम सुरु गरेका छन् । मनसुन सुरु हुन लाग्दा ठेक्दार कम्पनीहरुले पहिला दैखी ग्रेभल रहेकाे सडकमा माटाे खसालेर त्यस्तै छाेडेका कारण आवागमन प्रभावित भएकाे हाे ।

पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडककाे रुपमा रहेकाे ग्रेभल सडकमाथी माटाे खसालेर यस्तै छाेडिएकाेले ठाउँ ठाउँमा २ देखी ३ फिट सम्म हिलाे भएकाे छ । पाेखरियाकाे बंसन्पुर, कालिकामाईकाे मुडली, धाेबनीकाे लंगडिस्थित पर्ने सडकमा हिलाे भएकाे यात्रुहरुले वताएका छन् ।

हिलाेका कारण साे सडक भएर चार पांङ्ग्रे सवारी साधनहरुकाे आवगमन पूर्ण रुपले ठप्प भएकाे छ भने दुई पंङ्ग्रे र पदैल अवगमन समेत प्रभावित भएकाे छ । माेटरसाइकलकाे त कुरै छाेड्नुस्, पैदल आवगनमा समेत कठिनाई भइरहेकाे यात्रुहरुले वताए ।

साेे बाटाेकाे बिकल्पमा लामाे यात्रा गरेर अक्राे सडक भएर यात्रुहरु गन्तव्य तर्फ जान बाध्य भएका छन् । थाेरै पानी परे पनि ठेक्दारकाे लापरवाहीले जनताले ठूलाे सास्ती भाेग्न बाध्य भए पनि सम्बन्धित निकायकाे ध्यान पुग्न नसकेकाे यात्रुहरुकाे गुुनासाे छ ।

सडक निर्माण गर्ने याेजनाकाे जिम्मा लिएका ३ वटा ठेक्दार कम्पनी मध्ये एउटा साेही क्षेत्रका प्रदेश सांसद सिंघासन साह कलवारकाे निर्माण कम्पनी नै रहेकाे छ । नाम मात्रकाे ३ वटा कम्पनी भएकाे भए पनि सडक निर्माणकाे सबै काम प्रदेश सांसद कलवार कै निर्माण कम्पनीले नै गरीरहेकाे पूर्वधार विकास कार्यालयले जनाएकाे छ ।

प्रदेश सांसद कलवारकाे निर्माण कम्पनी रन्जनकाे सडक निर्माणकाे क्रमकाे लापरवाहीले उन कै क्षेत्रका जनता दु:ख पाइरहेका छन् ।

सडक निर्माणकाे क्रममा एक मिनेट पनि सडक अवरुद्ध हुनु भए भने बारे प्रदेश सांसद कलवारलाई जानकारी गराउदा पनि सडक बर्षा हुदा सडक अवरुद्ध हुने गरेकाे गुनासाे हामीसंग पनि आएकाे पूर्वधार विकास कार्यालयका कर्मचारी वताउन्छन् ।

याेजना सम्मझाैता मिति २०७६ असार २२ गते र याेजना सम्पन्न हुने मिति २०७८/३/२१ गते भए पनि हाल सम्म १० प्रतिशत मात्र काम पुरा भएकाे विकास कार्यालय वीरगंजका इन्जिनियर बिकास मिश्राले वताए ।

उनका अनुसार पाेखरिया देखी बंसन्पुर, मुडली, लंगडी, हरिहरपुर, भलुवहिया भएर मिर्जापुर सम्म साढे १० किलाे मिटर कालाे पत्र गर्नु पर्ने छ । आर्थिक बर्ष २०७५/०७६ काे प्रदेश सरकारकाे याेजना अन्तर्गत प्रदेश सांसद कै निर्माण कम्पनीद्वारा काम सुरु गरिए पनि हाल सम्म कलभटहरु ३ वटा निर्माण र माटाे खसाल्ने मात्र काम भएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...