Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

ठेक्दारकाे लापरवाहीले पाेखरिया-लंगडी सडकमा यात्रुहरु दु:ख पाउदै

spot_img
spot_img

वीरगंज । ठेक्दार कम्पनीकाे लापरवाहलीले पाेखरिया-लंगडी सडकमा आवगमन प्रभावित भएकाे छ ।

प्रदेश २ सरकारकाे भाैतिक पूर्वधार बिकास मन्त्रालयबाट १७ काेराेडकाे याेजनमा अन्तर्गत निर्माण भइरहेकाे सडक निर्माण कम्पनीकाे लापरवाहीले यात्रुहरु दु:ख पाइरहेका छन् । पाेखरिया देखी मिर्जापुर सम्मकाे सडकमा कालाेपत्र गर्ने जिम्मा राेशन, रन्जन, सागर जेेभिले लिएकाे छ ।

३ वटा निर्माण कम्पनीहरु मिलेर याेजनाकाे ठेक्का सकार २०७६ असारमा नै गरे पनि बल केही समय अघि मात्र काम सुरु गरेका छन् । मनसुन सुरु हुन लाग्दा ठेक्दार कम्पनीहरुले पहिला दैखी ग्रेभल रहेकाे सडकमा माटाे खसालेर त्यस्तै छाेडेका कारण आवागमन प्रभावित भएकाे हाे ।

पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडककाे रुपमा रहेकाे ग्रेभल सडकमाथी माटाे खसालेर यस्तै छाेडिएकाेले ठाउँ ठाउँमा २ देखी ३ फिट सम्म हिलाे भएकाे छ । पाेखरियाकाे बंसन्पुर, कालिकामाईकाे मुडली, धाेबनीकाे लंगडिस्थित पर्ने सडकमा हिलाे भएकाे यात्रुहरुले वताएका छन् ।

हिलाेका कारण साे सडक भएर चार पांङ्ग्रे सवारी साधनहरुकाे आवगमन पूर्ण रुपले ठप्प भएकाे छ भने दुई पंङ्ग्रे र पदैल अवगमन समेत प्रभावित भएकाे छ । माेटरसाइकलकाे त कुरै छाेड्नुस्, पैदल आवगनमा समेत कठिनाई भइरहेकाे यात्रुहरुले वताए ।

साेे बाटाेकाे बिकल्पमा लामाे यात्रा गरेर अक्राे सडक भएर यात्रुहरु गन्तव्य तर्फ जान बाध्य भएका छन् । थाेरै पानी परे पनि ठेक्दारकाे लापरवाहीले जनताले ठूलाे सास्ती भाेग्न बाध्य भए पनि सम्बन्धित निकायकाे ध्यान पुग्न नसकेकाे यात्रुहरुकाे गुुनासाे छ ।

सडक निर्माण गर्ने याेजनाकाे जिम्मा लिएका ३ वटा ठेक्दार कम्पनी मध्ये एउटा साेही क्षेत्रका प्रदेश सांसद सिंघासन साह कलवारकाे निर्माण कम्पनी नै रहेकाे छ । नाम मात्रकाे ३ वटा कम्पनी भएकाे भए पनि सडक निर्माणकाे सबै काम प्रदेश सांसद कलवार कै निर्माण कम्पनीले नै गरीरहेकाे पूर्वधार विकास कार्यालयले जनाएकाे छ ।

प्रदेश सांसद कलवारकाे निर्माण कम्पनी रन्जनकाे सडक निर्माणकाे क्रमकाे लापरवाहीले उन कै क्षेत्रका जनता दु:ख पाइरहेका छन् ।

सडक निर्माणकाे क्रममा एक मिनेट पनि सडक अवरुद्ध हुनु भए भने बारे प्रदेश सांसद कलवारलाई जानकारी गराउदा पनि सडक बर्षा हुदा सडक अवरुद्ध हुने गरेकाे गुनासाे हामीसंग पनि आएकाे पूर्वधार विकास कार्यालयका कर्मचारी वताउन्छन् ।

याेजना सम्मझाैता मिति २०७६ असार २२ गते र याेजना सम्पन्न हुने मिति २०७८/३/२१ गते भए पनि हाल सम्म १० प्रतिशत मात्र काम पुरा भएकाे विकास कार्यालय वीरगंजका इन्जिनियर बिकास मिश्राले वताए ।

उनका अनुसार पाेखरिया देखी बंसन्पुर, मुडली, लंगडी, हरिहरपुर, भलुवहिया भएर मिर्जापुर सम्म साढे १० किलाे मिटर कालाे पत्र गर्नु पर्ने छ । आर्थिक बर्ष २०७५/०७६ काे प्रदेश सरकारकाे याेजना अन्तर्गत प्रदेश सांसद कै निर्माण कम्पनीद्वारा काम सुरु गरिए पनि हाल सम्म कलभटहरु ३ वटा निर्माण र माटाे खसाल्ने मात्र काम भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...