Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पाेखरीकाे डिलमा बसेकाहरुमाथी प्रहरीकाे लाठी चार्ज, ९ जना घाइते

spot_img
spot_img

पकहा मैनपुर । पर्साकाे पाकाहा मैनपुर गाउँपालिकाको वडा नम्बर २ स्थित सार्वजनिक पोखरीको डिलमा बसेकाहरुमाथी प्रहरीलेलाठी जार्च गरेकाे छ । लाठी चार्जबाट ९ जना घाइते भएका छन् ।

घाइते हुनेमा जगुल सहनी, रामबिनेश सहनी, विजय चौहान, मोहन साह, विशाल पटेल, बगड मियाँ, विगु सहनी लगायतका रहेका छन् ।

घाइते जुगुलका अनुसार पाेखरीमा माछा मारीरहेकाे सुचनाकाे आधारमा प्रहरी पुगेकाे थियाे । जब सम्म माछा मर्नेहरू माछा मारी फर्किसकेका थिए । पकहा मैनपुर गाउँपालिका वडा नं. २ र ३ का एक दर्जन भन्दा बढी व्यक्तिहरु पाेखरीकाे डिलमा बसेका थिए ।

साेही बेला प्रहरी एकासी नेपाल प्रहरी र  सशस्त्र प्रहरी पुगी लाठी चार्ज गर्दा आफुहरु घाइते भएकाे जुगुलले वताए ।

उनले भने “पाेखरीमा एकासी पुगेका प्रहरी विना सोधपुछ गरी लाठी चार्ज गर्न थाल्याे। हामी बारम्बार भनी रहेका थियाैं कि हामी माछा मार्ने मान्छे हाेइन तर हाम्राे कुरा प्रहरीले सुनेन र मनेन कुटपिट गर्याे । लाठी, हेलमेट र मुक्काले हामीलाई कुटीपिट गरी घाइते बनायाे ।

घाइते जुगुलकाे वीरगंजस्थित नारायणी अस्पताल र अन्यकाे स्थानिय स्वास्थ्य संस्थामा उपचार गरिएकाे थियाे भने अहिले सबैकाे अवस्था समान्य रहेको छ।

समाचार स्राेतका अनुसार क्रिकेट खेलि आएकाहरु पाेखरीकाे डिलमा बसेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी संरक्षणका लागि पाँचबुँदे निर्णय, उद्योगको रासायनिक फोहोर रोक्न कडाइ

वीरगंज । बढ्दो औद्योगिक तथा सहरी प्रदूषणले प्रभावित सिर्सिया नदीको संरक्षण र दीर्घकालीन पुनःस्थापनाका लागि पाँचबुँदे निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा...

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...