Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरीकाे डिलमा बसेकाहरुमाथी प्रहरीकाे लाठी चार्ज, ९ जना घाइते

spot_img
spot_img

पकहा मैनपुर । पर्साकाे पाकाहा मैनपुर गाउँपालिकाको वडा नम्बर २ स्थित सार्वजनिक पोखरीको डिलमा बसेकाहरुमाथी प्रहरीलेलाठी जार्च गरेकाे छ । लाठी चार्जबाट ९ जना घाइते भएका छन् ।

घाइते हुनेमा जगुल सहनी, रामबिनेश सहनी, विजय चौहान, मोहन साह, विशाल पटेल, बगड मियाँ, विगु सहनी लगायतका रहेका छन् ।

घाइते जुगुलका अनुसार पाेखरीमा माछा मारीरहेकाे सुचनाकाे आधारमा प्रहरी पुगेकाे थियाे । जब सम्म माछा मर्नेहरू माछा मारी फर्किसकेका थिए । पकहा मैनपुर गाउँपालिका वडा नं. २ र ३ का एक दर्जन भन्दा बढी व्यक्तिहरु पाेखरीकाे डिलमा बसेका थिए ।

साेही बेला प्रहरी एकासी नेपाल प्रहरी र  सशस्त्र प्रहरी पुगी लाठी चार्ज गर्दा आफुहरु घाइते भएकाे जुगुलले वताए ।

उनले भने “पाेखरीमा एकासी पुगेका प्रहरी विना सोधपुछ गरी लाठी चार्ज गर्न थाल्याे। हामी बारम्बार भनी रहेका थियाैं कि हामी माछा मार्ने मान्छे हाेइन तर हाम्राे कुरा प्रहरीले सुनेन र मनेन कुटपिट गर्याे । लाठी, हेलमेट र मुक्काले हामीलाई कुटीपिट गरी घाइते बनायाे ।

घाइते जुगुलकाे वीरगंजस्थित नारायणी अस्पताल र अन्यकाे स्थानिय स्वास्थ्य संस्थामा उपचार गरिएकाे थियाे भने अहिले सबैकाे अवस्था समान्य रहेको छ।

समाचार स्राेतका अनुसार क्रिकेट खेलि आएकाहरु पाेखरीकाे डिलमा बसेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...