Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

बालिकामाथि भएकाे यौनदुव्र्यवहारका आराेपतिहरुमाथी कडा कारबाहीकाे माग

spot_img
spot_img

वीरगंज । बालिकासंग शारीरिक सम्बन्ध राखेको भिडियो बनाउने अवैध गतिविधिमा संग्लन भनिएकाहरुलाई प्रहरी नरम रुपमा प्रस्तुत भएको र घटनालाई ढाकछोप गरिहेको बाल अधिकार सम्वर्द्धन अभियान समिति पर्साले आराेप लगाएकाे छ ।

समितिका जिल्ला संयाेजक जया साह, सचिव राहुल साह र सह सचिव नविन पटेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नाबालिक बालिकाहरुमाथी भएको दुव्र्यवहारको सत्य तथ्य छानबिन गरि दोषीलाई कानून बमोजिमको कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

वीरगंजको आर्दशनगर स्थित रहेको चित्रलेखा स्टुडियोमा ११ र १४ वर्षिय बालिकाहरुको यौनदुव्र्यवहार तथा त्यसलाई क्यामेरामा कैद गर्न लागेको जस्तो गम्भीर प्रकारको गैर कानूनी गतिविधी गर्नेहरुलाई रंगेहात प्रकाउ गरेर प्रहरीले प्रसंसा योग्य कार्य गरेको छ तर आरोपित प्रति भने पर्सा प्रहरी उदार देखिएको समाचार सार्वजनिक भएसँगै हामी बालअधिकारकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको जारी प्रेस विज्ञप्तीमा भनिएकाे छ ।

लकडाउन र निषेधाज्ञाको धज्जी उडाउदै सोमबार साझ स्टुडियो संचालक बैजु प्रजापति, उनका सहयोगी बादल जयसवाल र मनिष मिश्रा सहितले दुई जना नाबालिक बालिकाहरुलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई मंगलबार पुरुष ३ जनामाथी सार्वजनिक अपराध मुद्दा अन्तर्गत म्याद थप गरेको छ । पर्सा प्रहरीसंग यस घटनाको यर्थात बुझन् खोज्दा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी उपरिक्षक बिरेन्द्र साहीले जानकारी दिनुभयाे।

पक्राउ परेका ३ जना पुरुषमाथी सार्बजिन अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेकाे र ति २ बालिकाहरु अहिले हाम्रै नियन्त्रणमा रहेकाे प्रवक्ता साहीले वताउनुभयाे ।

घट्नाक्रमलाई हेर्दा यो घटना कुनै हिसाबले सार्वजनिक अपराध अन्र्तगत नपर्ने समितिकाे ठम्याई छ । प्रहरी सार्बजनि अपराध मुद्दा दर्ता गरेकाे सार्बजनिक भए लगतै यसकाे व्यापक बिराेध भइरहेकाे छ । प्रहरीले आराेपितहरुसंग मिलेर घटना दबाउनमा लागेकाे बाहिर व्यापक चर्चा हुनुकाे साथै पर्सा प्रहरीकाे आलाेचना समेत भइरहेकाे छ ।

पर्सा प्रहरीकाे प्रमुख महिला नै हुदा बालिका याैनदुव्र्यवहारका आराेपतिमाथी कानुन बमाेजिम कारबाही हुने सबैले विश्वास गरे पनि प्रहरीकाे रवैयाले त्याे गलत साबित हुने सबैमा आशंका उत्पन्न भएकाे छ ।

जुवातास र मदिरा सम्बन्धी समाचार मेल मार्फत पठाउने पर्सा प्रहरीले यो घटनाबारे पत्रकारहरुलाई कुनै औपचारिक जानकारी गराएको छैन । कुनै विज्ञप्ति नपठाएको देख्दा पर्सा प्रहरीको नियतमाथि अहिले स्थानियहरुले औँला ठड्याउन शुरु गरेका छन् ।

कोभिडको संक्रमणले आक्रान्त बनेका बेला बालिकाहरु यौन दुव्र्यवहारमा समेत पर्नु थप पीडादायि अवस्था हो । विभिन्न अध्ययनहरुले यस्ता आपत र विपदको समयमा बालबालिकाहरुको अधिकार हनन हुने जोखिम उच्च रहने समेत देखाएको छ ।

तसर्थ हामी यस पर्सा जिल्लाका बाल क्लबका पूर्व सदस्यद्वारा गठित यस अभियान समिति तथा बालअधिकारकर्मीहरु आज हामी गुज्रिरहेको परिस्थितिमा बालबालिकाहरुको अधिकार प्रति सरकार, सरोकारवाला र अभिभावहरुलाई थप जिम्मेवार र गम्भीर हुन प्रेस विज्ञप्ती मार्फत आग्रह समेत गरिएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा प्रथम अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

वीरगंज । विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले वीरगंज यूथ एकेडेमीको आयोजनामा ‘प्रथम वीरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको...

वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा एक हजार बिरुवा रोपण

वीरगंज । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंजस्थित वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न...

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइको परराष्ट्रद्वारा बचाउ

काठमाडौं । नेपाल–भारत सीमाका विषयमा सम्माननीय प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको भनाइबारे उठेका जिज्ञासाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयका प्रवक्ताले आइतबार जारी...