Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युवा नेता सरार्फद्वारा विपन्नलाई राहत सहयोग

spot_img
spot_img

वीरगञ्ज । कोरोना भाईरसका (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी लक डाउनले प्रभावित वीरगञ्जका अति बिपन्न परिवारहरुलाई आज युवा नेता एवं समाजिक अभियन्ता ओमप्रकाश सरार्फले राहत बितरण गर्नुभएको छ ।

नेता सर्राफले दुई दर्जन अति बिपन्न परिवार तथा डेरा गरि बस्ने मजदुर परिवारलाई व्यक्तिगत खर्चमा प्रती परिवार आठ किलो चामल, दाल लगायतका राहत समाग्री बितरण गर्नुभएको हो ।

सर्राफले बिगतमा पनि घर दैलोमा गई मासक साबुत बितरण, जन चेतनामूलक कार्यक्रम, अति प्रभावितहरुलार्ई राहत बितरण गर्दै आउनुभएको थियाे । सर्राफको अभियानमा किसु सरार्फ, संजय पटेल, रन्जित पटेल, बिबेक श्रीवास्तव लगायतले सहयोग गर्दै आएका छन ।

अहिले सम्म सात हजार मास्क, साबुन र विभिन्न संस्थाको सहयोग तथा निजि ब्यवस्थापनमा करिब चार सय परिवारलाई राहत बितरण गरि सकेको अभियन्ता सरार्फले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...