Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

बगहिमा ३० जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्र्स सोसाइटी बगही उपशाखाको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन ।

वीरगंज महानगरपालिकाकाे बगहीमा भएकाे कार्यक्रममा राजकुमार राउत, उमेश प्रसाद यादव, रमेश कुमार साह, जाेखु राम, आलाेक यादव, बिनाेद प्रसाद यादव, बिष्णु पटेल, रबिन्द्र साह, शम्भु राउत कुर्मी, संजय कुमार ठाकुर, रमेश महताे, छाेटेलाल राउत, राहुल पटेल, रम्भु पटेल, विवेक यादव, सुरेश राम लगायतकाले रक्तदान गरेका हुन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि राज्य भरी नै भएकाे लकडाउनमा अस्पतालमा आउने बिरामिहरुलाई रक्तसञ्चार केन्द्रबाट रगत उपलब्ध गराउनमा कठिनाइ भइरहेको छ ।

लकडाउनमा रक्तदान कार्यक्रमको आयोजना नहुने भएकोले, यश परिस्थितिलाइ ध्यानमा राखी रेडक्र्सका उपशाखाहरुले रक्तदान कार्यक्रमको आयोजना गरि बिरामिहरुलाइ सहयोग गर्दै आएकाे रेडक्रसका राजन श्रीवास्तवले वताए ।

रक्तदान कार्यक्रम बगही उपशाखाका सभापति रामनरेश यादवको सभापतित्व र प्रदेश सांसद सिंहासन साह कलवारकाे प्रमुख अतिथ्यमा भएकाे थियो । रक्तदान कार्यक्रममकाे रेडक्रसका उदय राज शर्मा, प्राबिधिक जितेन्द्र कुश्वाहा, सुजित पटेलको टोलिले प्राबिधिक सहयोग गरेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...

छिपहरमाई–४ मा रास्वपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा सभापति राज पाण्डेको...