Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

भिस्वा सिमा नाकामा सशस्त्र प्रहरी र स्थानिय बिच विवाद

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रामिण भेग स्थित भिस्वा सिमा नाकामा आज सशस्त्र प्रहरी र स्थानिय बिच विवाद भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ स्थित पर्ने भिस्वा सिमा नाकामा सशस्त्र प्रहरीले सिमा पारीबाट तरकारी खरिद गरि आइरहेका महिलालाई कुटपिट गरे पछि स्थानिय र सशस्त्र प्रहरी विच विवाद हुुदा केही बेर तनाव समेत भएकाे थियाे ।

विहान १० बजेकाे करिबमा भएकाे विवादकाे क्रममा स्थानियहरुले सशस्त्र प्रहरीमाथी ढुंगामुड समेत गरेका थिए । सशस्त्र प्रहरी पछि सरे पछि र इलका प्रहरी कार्यालयबाट थप प्रहरी टाेली पुगे पछि स्थित नियन्त्रणमा आएकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

सिमा पारी सिक्टाबाट तरकारी किनेर आइरहेकी २ जना महिलालाई भिस्वा सिमा नाकामा खटेका सशस्त्र प्रहरीले निर्धात कुटपिट गरे पछि आक्राेसित स्थानियहरु सशस्त्र प्रहरी बिरुद्ध उत्रेका थिए । धाेबिनी गाउँपालिकाकाे लंगडी निवासी ति महिलाहरु घाइते समेत भएकाे हाम्रा सम्वाददाता आलाेक कुशवाहाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...