Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

जगरनाथपुर गाउँपालिका घर घरमा राहत पुर्‍याउदै

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले पनि राहत वितरण सुरु गरेकाे छ । गाउँपालिका अध्यक्ष जालिम मियाँका अनुसार आज वडा नं. १, ३ र ४ मा राहत वितरण भइरहेकाे छ ।

राहतमा चामल २५ किलाे, आलु ३ किलाे, पियाज एक किलाे, स्वाविन ५०० ग्राम, तेल एक लिटर, कपडा धुने साबुन र नुहाउने साबुन २-२ पिस वितरण भइरहेकाे छ ।

गाउँपालिका भरी करिब ५ हजार गरिब परिवारलाई राहत वितरण गर्न लागिएकाे अध्यक्ष मियाँले जानकारी गराउनु भयाे । जस मध्ये वडा नं. ४ जगरनाथपुरमा ४ सय ५० घरदुरीमा राहत वितरण भइसकेकाे वताउनु भयाे । यस्तै वडा नं. ४ विजबनियाँमा ४ सय ५० र वडा नं. १ पिडारीमा ४ सय ५० घरदुरीमा आज राहत विरण भइरहेकाे वताउनु भयाे।

यस्तै वडा नं. २ जानकाकी टाेलाकाे राहत सामग्री समेत गइसकेकाे र भाेली (आइतबार) वितरण गरिने अध्यक्ष मियाँले जानकारी दिनु भयाे ।  गाउँपालिका अन्तर्गतकाे ६ वटा वडा रहेकाे र वाकी वडाहरुमा पनि चाँडै राहत वितरण गरिने गाउँपालिका कार्यालयले जनाएकाे छ ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्यामा परेकाे गरिब परिवारलाई राहत वितरण गर्न लागिएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनु भयाे ।

घर घर मै पुगेर गाउँपालिकाले राहत स्वरुप खाद्यान्न सामग्री पुर्‍याउन लागेकाे प्रशासकिय अधिकृत गरिले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...