Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जगरनाथपुर गाउँपालिका घर घरमा राहत पुर्‍याउदै

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले पनि राहत वितरण सुरु गरेकाे छ । गाउँपालिका अध्यक्ष जालिम मियाँका अनुसार आज वडा नं. १, ३ र ४ मा राहत वितरण भइरहेकाे छ ।

राहतमा चामल २५ किलाे, आलु ३ किलाे, पियाज एक किलाे, स्वाविन ५०० ग्राम, तेल एक लिटर, कपडा धुने साबुन र नुहाउने साबुन २-२ पिस वितरण भइरहेकाे छ ।

गाउँपालिका भरी करिब ५ हजार गरिब परिवारलाई राहत वितरण गर्न लागिएकाे अध्यक्ष मियाँले जानकारी गराउनु भयाे । जस मध्ये वडा नं. ४ जगरनाथपुरमा ४ सय ५० घरदुरीमा राहत वितरण भइसकेकाे वताउनु भयाे । यस्तै वडा नं. ४ विजबनियाँमा ४ सय ५० र वडा नं. १ पिडारीमा ४ सय ५० घरदुरीमा आज राहत विरण भइरहेकाे वताउनु भयाे।

यस्तै वडा नं. २ जानकाकी टाेलाकाे राहत सामग्री समेत गइसकेकाे र भाेली (आइतबार) वितरण गरिने अध्यक्ष मियाँले जानकारी दिनु भयाे ।  गाउँपालिका अन्तर्गतकाे ६ वटा वडा रहेकाे र वाकी वडाहरुमा पनि चाँडै राहत वितरण गरिने गाउँपालिका कार्यालयले जनाएकाे छ ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्यामा परेकाे गरिब परिवारलाई राहत वितरण गर्न लागिएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनु भयाे ।

घर घर मै पुगेर गाउँपालिकाले राहत स्वरुप खाद्यान्न सामग्री पुर्‍याउन लागेकाे प्रशासकिय अधिकृत गरिले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...