Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाईमा राहत वितरणकाे क्रममा झडप, एक प्रहरी सहित २ घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ झलमहियामा आज राहत वितरण गर्ने क्रममा झडप भएकाे छ । दुई पक्ष बिच भएकाे झडपमा परी एक गाउँपालिका प्रहरी सहित दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

झडपमा परी गाउँपालिका प्रहरी बिनाेद साह कानु र स्थानिय चन्द्रिका साह कानु घाइते भएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे । घाइते मध्ये चन्द्रिकाकाे टाउकाे फुटेकाे र गाउँपालिका प्रहरी बिनाेदकाे घाँटीमा समान्य चाेट लागेकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराउनु भयाे ।

घाइते गाउँपालिका प्रहरीकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वामा र चन्द्रिकाकाे स्थानिय स्वास्थ्य किल्निकमा उपचार पछि आ आफ्नाे घर फर्किसकेकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रकाे लागि भएकाे लकडाउनमा प्रभावित अति गरिब परिवारलाई राहत वितरण गर्ने क्रममा झडप भएकाे प्रहरीले जनाएकाे छ । झडपकाे क्रममा ढुंगामुडा हानाहान समेत भएकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

स्थानियहरुका अनुसार वडा नं. ३ झलमहियमा राहत वितरण गर्न सर्बदलिय समितिले २ सय २५ जनाकाे नामावली तयार गरेकाे थियाे । तर वितरण गर्ने क्रममा एक सय २५ जनाकाे नमावली मात्र लिएर गाउँपालिकाकाे टाेली राहत वितरण गर्न पुगे पछि अति गरिब र विपन्न परिवारले बिराेध गर्दा गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ता पक्षधर संग विवाद हुदा झडप भएकाे हाे ।

राहत पाउनेहरुकाे नमावलीमा नाम छुटेका अति गरिब परिवारले गाउँपालिका अध्यक्ष गुप्तालाई बाेलाउन राहत वितरण टाेलीसंग भनेका थिए । गाउँपालिका अध्यक्ष गुप्ता आए मात्र राहत वितरण गर्ने स्थानियहरुले अडान लिए पछि झडप भएकाे वताइएकाे छ ।

राहत पाउनेहरु संग हिजाे (बिहिबार) राती नै भर्पाई गराइएका कारण पनि विवाद हुदा झडप हुन पुगेकाे स्थानियहरुकाे भनाई छ ।

सशस्त्र प्रहरी बेस क्याम्प बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीकाे उपस्थितीमा झडप भएकाे स्थानियहरुले वताए । झडप भए पछि सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा र इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंह नेतृत्वकाे प्रहरी टाेली पुगे पछि झडप नियन्त्रणमा आएकाे थियाे ।

यस भन्दा पहिला पनि छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ बन्जारीमा बुधबार राहत वितरण गर्ने क्रममा स्थानियहरुले प्रदर्शन समेत गरेका थिए । गाउँपालिकाकाे राहतबाट बन्चित भएका अति गरिब परिवारका सदस्यहरु गाउँपालिका र गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ता विरुद्ध प्रदर्शन गरेकाे हाम्रा सम्वाददाताले वताएका छन् ।

यस्तै छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वामा पनि राहत वितरण कै बिषयमा विवाद भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...