31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

नारायणीलाई काेभिड अस्पताल बनाएर प्राईभेट हस्पिटलकाे व्यापार बढाउने प्रपञ्च : नेता सिंह

काेभिड-19 काे संक्रमणकाे कारण इटलीमा धेरै मानिसले ज्यान गुमाएपछि त्यहाँकाे सरकारले धमाधम काेभिड स्पेशल अस्पताल बनायाे । एउटा बाक्लाे बस्तीकाे वीचमा रहेकाे अस्पताल पनि काेभिड स्पेशल अस्पताल बनाईयाे । जसकाे परिणाम स्वरूप त्यस आसपासका झण्डै ४ हजार मानिसले ज्यान गुमाए । हाम्राेमा काेराेनाले बल्ल खुट्टा पसार्दैछ, तर इटलीकाे घटनाबाट सरकारले पाठ सिकेकाे पाईँदैन ।

यहाँ पनि वस्तीकाे विचमा रहेकाे नारायणी अस्पताललाई काेराेना अस्पतालमा परिणत गर्ने र त्यहाँकाे अन्य सम्पूर्ण सेवा बन्द गरेर जेनरल उपचार कहाँ लैजान खाेजेकाे ? निमुखा जनता प्रसुति लगायतकाे उपचारकाे लागि कहाँ जाने ? बस्ती बिचमा रहेकाे अस्पताललाई काेभिड स्पेशल अस्पताल बनाउँदै गर्दा बस्ती खाली गराउनु पर्दैन ?

सुन्दैछु नारायणी अस्पताललाई काेभिड अस्पताल बनाएर संघीय सरकारकाे नजिक रहेका प्राईभेट अस्पतालकाे व्यापार बढाउने प्रपञ्च गरिँदैछ । याे वीरगन्जवासी र उपचारमा दिनरात खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी विरूद्दकाे कार्य हाे ।

याे सरकारले हरेक जसाे राष्ट्रिय बिपत्तिमा ब्रह्मलुट मच्चाएकाे जगजाहेर नै छ । चीनबाट स्वास्थ्य सामाग्री मगाउँदा कराेडाैं भ्रष्टाचार गरेकै हाे, त्यतिले नपुगेर जिल्लामा रहेका आसेपासेलाइ पनि धनी बनाउन खाेजिएकाे छ । विपदमा कमाउन खाेज्ने तिमिहरूलाई वीरगंजवासीकाे आह लाग्ला ? तिम्राे समपूर्ण खानदानलाई काेराेना लाग्ला ? हाेशीयार, समय मैं समबन्धित सरोकारवालाको चेत खुलोस् ।

राष्ट्रिय जनता पार्टी (राजपा)का महासिचव एवं पर्सा जिल्ला अध्यक्ष समेत रहेका वीरगंजका युवा नेता राजेशमान सिंहले आफ्नाे फेसबुकवालमा लेख्नु भएकाे स्टेट्स जस्ताकाे त्यस्तै ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ओझेल ठोरी, उदय वीरगंज : राणा प्रधानमन्त्री वीरशम्शेरको नीति र नेतृत्व

कालिका टाईम्स

लोकतन्त्रको बहानामा स्ववियु: शिक्षाको हत्यारा कि नेताको कारखाना ?

कालिका टाईम्स

एउटै कपीमा तीन दाजुभाइ मिलिजुली लेखेर पढ्ने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.383 sec. Memory consumption:82.61 mb