2 April 2025
KALIKATIMES.COM

वीरगंजमा छुट्टै काेराेना अस्पताल बनाउन चिकित्सक संघकाे माग

वीरगंज । नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले आज एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश सरकारसंग ५ बुंदे माग गरेकाे छ ।

संघका सचिव डा. उदय नारायण सिंहद्वारी हस्ताक्षतिरत प्रेस विज्ञप्ती मार्फत कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश २ सरकारसंग बैज्ञानिक हिसाबले क्वारेन्टाईन तथा आईसोलेसन वेडहरुको मूल्याकंन गरि छुट्टै कोरोना अस्पताल बनाउनु पर्ने माग गरिएकाे छ ।

यस्तै चिकित्सक संघले कोरोना हब अस्पतालको अवस्था पहिचान गरि आवश्यक स्तरोन्नतिका लागि पहल गर्नु पर्ने, आवश्यक्ता र जनघन्त्वको आधारमा यथासिघ्र कोरोना परिक्षणको व्यवस्था प्रदेश २ का सबभन्दा ठुलो नारायणी अस्पतालमा गर्नु पर्ने, स्तरिय पर्सनल प्रोटेक्टिभ ईकुपमेन्ट (एएभ्) को व्यवस्था गर्नु पर्ने, संभावित कोरोनाको बिरामीको उपचारक्रममा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै क्वारेन्टाईनमा राख्न व्यवस्था गर्नु पर्ने लगायतका माग गरेकाे हाे ।

संघले जारी गरेकाे प्रेस विज्ञप्तीमा विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ । सोही क्रममा नेपाल चिकित्सक संघ हालको परिस्थितिमा आफ्नो कर्तब्य निष्ठा पुर्बक गर्न रति पनि पछि नहटने तर चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको सुरक्षाको सम्पुर्ण ब्यवस्था सरोकारवाला निकायहरुले गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.294 sec. Memory consumption:82.49 mb