30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

लकडाउन पालना गराउन स्थानिय युवाहरुद्वारा बाटाे अवरुद्ध

वीरगंज । पर्साको ग्रामिण भेगकाे केही गाउँका युवाहरु लकडाउनकाे पालना गराउन सक्रिय भएका छन् । बिश्वभर महामारीकाे रुपमा फैलेकाे काेराेना संक्रमण राेकथामाकाे लागि संघ सरकारले गरेकाे लकडाउनकाे पालना गराउन स्थानिय युवाहरु सक्रिय देखिएका हुन् ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा लकडाउन अटेरी गर्नेहरुका लागि बाटाे नै युवाहरु अवराेध गरेका छन् । गाउँकाे बाटाे अवराेध गरी युवाहरुको लकडाउन पालना गरी घर भित्र नै बस्ने आग्रह गरिरहेका छन् भने अटेरी गर्नेहरुलाई डन्डा पनि प्रहार गरिएकाे स्थानिय युवा संदिप साहले बताए ।

महुवनमा स्थानिय अनिल साहको नेतृत्वमा लकडाउन पालना गराउने युवाहरु सक्रिय भएका हुन । बजारमा पनि भिडभाड गर्ने, एक साथ जम्मा हुने र अटेरी गरी बाईक चलाउने गरेका कारण युवाहरु सक्रिय भई सम्झाउने बुझाउने र नमान्नेलाई डान्डा हान्ने गरेका छन् ।

लकडाउन आफ्नै लागी र आफ्नो परिवारको साथै सम्मपुर्ण गाउँ र देशका लागी नै भएकोले हामीहरु आफ्नो गाउँमा सक्रिय भएको युवाहरु बताएका छन् । बाटोमा बेन्च, डेक्स, टेबल लगायतका सरसमान राखी बाटोलाई अवरुद्ध गरेका हुन् ।

यसै गरी पाेखरिया नगरपालिकाकाे बनकटवामा र बहुदरमाई नगरपालिकाकाे डकैला बहुअरीमा पनि युवाहरु बाटाे अवरुद्ध गर्दै विना काम अन्य गाउँका मानिसहरुकाे आवतजावतमा राेक लगाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.456 sec. Memory consumption:81.46 mb